कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
चैत १३, २०७६
तातोपानी र केरुङ नाका खोलिने
सरकारले चीनतर्फका रसुवागढी र तातोपानी नाका खोल्ने निर्णय गरेको छ।
चीनमा कोरोना भाइरस देखिएपछि नेपाल-चीनको व्यापारिक नाका बन्द गरिएकोमा कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले नाका खोलेर आयात गर्ने निर्णय गरेको हो।बुधबार बसेको कोरोना समन्वय समितिको बैठकले यो नाका खोल्ने निर्णय गरेको हो।
त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात गरिनेछ। नाका खोल्दा आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्ने निर्णयमा उल्लेख छ।
कोरोनाका तेस्रो संक्रमित युएईबाट आएको पुष्टि, मन्त्रालयले सच्यायो तथ्य
नेपालमा कोरोनाभाइरस (कोभिड १९) को तेस्रो संक्रमण कतारबाट आएका एक युवामा देखिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको दाबी गलत रहेको पुष्टि भएको छ ।
बुधवार मन्त्रालयबाट भिडियोमार्फत जानकारी दिँदै मन्त्री ढकालले चैत्र ६ गते कतारबाट आएको एक युवामा कोरोना संक्रमण देखिएको बताएका थिए तर ती संक्रमित व्यक्ति कतारबाट नभई संयुक्त अरब इमिरेट्स (युएई)बाट आएका हुन् ।
लोकान्तरले ‘कोरोनाका तेस्रो संक्रमित दुबईबाट नेपाल आएका पुरुष,घर धादिङ !शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
बुधवार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती व्यक्ति एयर अरेबियाबाट काठमाडौँ आएको भन्दै अगाडिको तथ्य सच्याएको छ । एयर अरेबियाको फ्लाइट नम्बर जी ३५३७ बाट उनी चैत ६ गते राति १० बजे काठमाडौँ अवतरण भएका थिए ।
एयर अरेबियाका जहाजहरू युएईको शारजहाबाट नेपाल आउने गर्दछन् ।
खाद्यवस्तु उपभाेक्ताकाे घरघर पुर्याउने सरकारको निर्णय
सरकारले आवश्यक खाद्यवस्तु घरघरमै पु-याउने (होमडेलिभरी) गर्न व्यवस्था गर्ने भएको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो।
‘ठूला खाद्य स्टोर तथा पसलहरूले आवश्यक खाद्यवस्तुहरू होम डेलिभरी गर्ने व्यवस्था मिलाउने,’ समितिको निर्णयमा भनिएको छ। यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिने छ।
स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफूल लगायत अन्य खाद्यवस्तु बिक्री वितरण गर्ने पसलहरूमा भीडभाड नहुने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र ग्राहकहरूबीच भौतिक दूरी कायम हुने गरी सञ्चालन गर्न सहजीकरण गर्ने छन्।
त्यसैगरी, अतिआवश्यक परी खाद्यान्न ढुवानी गर्नुपरेमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा हवाई ढुवानी गर्ने व्यवस्था मिलाइने भएको छ।
म घरमै बसेर सरकार चलाएको छु, तपाईं पनि घरमै बस्नुस् – प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि घरमै बसेर सरकार चलाइरहेको भन्दै सबैलाई घरमा बस्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै ओलीले अर्को घोषणा नभएसम्म सबैलाई घरमै बस्न आग्रह गरेका हुन् ।
‘म घरमै बसेर सरकार संचालन गरिरहेको छु, तपाईंहरू पनि घरमै बस्नुहोस्,’ लेखिएको तस्वीर ट्वीटरमा पोस्ट गर्दै ओलीले सबैलाई घरमै बस्न आग्रह गरेका छन् ।
प्रहरीको आक्रोश – रमितेहरूले ‘लक-डाउन’को अवज्ञा गरे !
नेपाल सरकारले नोबेल कोरोना भाइरसको रोकथाम तथा प्रतिकार्यका लागि मुलुकभर ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’को पालना गर्न सरकारले निर्देशन दिनाका साथै त्यसको कार्यान्वयनका लागि सबैमा अपिल गरेको छ ।
यद्यपि सरकारले गरेको ‘लकडाउन’ को पहिलो दिनको निर्देशन उल्लङ्घन भने मुलुकका धेरै ठाउँमा भयो । त्यसबाट कर्णाली प्रदेश पनि अछुतो रहेन ।
नेपाल सरकारले चैत ११ देखि १८ गतेसम्मका लागि उर्दी गरेको ‘लकडाउन’ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बढी अवज्ञा भएको प्रहरीले जनाएको छ । मङ्गलबार ‘लकडाउन’ उल्लङ्घन गर्ने यहाँका ३३५ सवारी साधन र चार व्यक्ति प्रहरी नियन्त्रणमा परे ।
नेपाल प्रहरीले चैत ११ देखि १८ गतेसम्म कोरोना प्रकोपबाट बच्न नेपाल सरकारले मुलुकभर गरेको ‘लकडाउन’ बारे सूचना गरिरहँदा पनि नागरिक र सवारी साधनले त्यति वास्ता नगरेकाले नियन्त्रणमा लिन बाध्य भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
‘प्रहरी जोखिम मोलेर नागरिकलाई सडकबाट सूचना, सुझाव र सुरक्षा दिन्छ । त्यसलाई सुनेर लागू गर्नुको साटो धेरै रमिते बन्छन्,’ प्रहरी निरीक्षक रायमाझीले भने, ‘घरमै बस्नुहोस् भन्छौँ तर फुत्तफुत्त सडकको रमिता हेर्न आउँछन् ।’
नागरिकले आफ्ना लागि प्रहरी र स्वास्थ्यकर्मीको भूमिका बढी सक्रिय र महत्वपूर्ण छ भन्ने बुझ्दा पनि त्यसको बेवास्ता गरेको उनले दुखेसो पोखे । ‘हामीलाई विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीमा घरमै बस्ने अवसर छैन । दायित्व पूरा गर्न सडकमा बाध्य भएर गएका छौँ र जानुपर्छ नै,’ उनले भने, ‘तर घरमै बस्नेहरु बेलाबेलामा रमिते बनेर सडकमा आउँदा नागरिककै सुरक्षार्थ खटिएको प्रहरीलाई थप सास्ती हुन्छ । यस्तो अवस्थामा हाम्रो कहर कसले बुझिदिने ?’
सरकारले नागरिककै जीउधन सुरक्षाका लागि गरेको ‘लकडाउन’ को पालना गर्नु हामी सबैको कर्तव्य भएको जनाएका उनले सुर्खेतमा नागरिकले सरकारले गरेको निर्देशनको पालना नगर्दा ‘लकडाउन’को पहिलो दिनमा मोटरसाइकल २६७, ट्रक ३९, जिप/हाइस/फोर्स ३१, बस १९, अटो ७ र ट्र्याक्टर २ गरी जम्मा ३३५ सवारी लिइएको बताए ।
आज पनि माइकिङबाट नागरिकलाई सूचना र सुझाव दिइसकिएकाले कसैले अटेर गरे सिधै लिएर कारवाही गर्ने उनको भनाइ थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...