अमेरिकी सिनेटले पारित गर्‍यो २ खर्ब डलरको आर्थिक राहत विधेयक

कोरोनाभाइरसले आक्रान्त पारेको अमेरिकी अर्थतन्त्र उकास्नका लागि अमेरिकी सिनेटरहरूले २ खर्ब डलर बराबरको आर्थिक राहत प्याकेज विधेयक बुधवार पारित गरेका छन् । निकै लामो समयसम्म विवाद चलेपछि बल्ल आएर प्याकेज कानून पारित गरिएको छ ।

सिनेटरहरूले अमेरिकी समयअनुसार बुधवार अबेर राति विधेयकमा मतदान गर्दै पारित गरेका हुन् । चारजना रिपब्लिकन सिनेटरहरूले राखेको संशोधनलाई खारेज गर्दै विधेयक पारित गरिएको हो । बेरोजगारहरूलाई पैसा दिने प्रावधानमा ती सिनेटरहरूले आपत्ति जनाएका थिए । 


Advertisement

लामो समय विवाद भए पनि विधेयक सर्वसम्मपतिले पारित गरियो । कुल १०० सीट भएको सिनेटमा विधेयकका पक्षमा ९६ मत परेको थियो भने चारजना सिनेटर मतदानमा अनुपस्थित रहे । उनीहरू कि त कोरोना संक्रमित छन् कि त सेल्फ आइसोलेसनमा छन् । 

अब यो विधेयक तल्लो सदनमा पठाइनेछ र त्यहाँ शुक्रवार बहस चल्नेछ । 


Advertisement

विधेयकमा कोरोनाभाइरसका कारण जागिर गुमाएकाहरूलाई हप्ताको ६०० डलर दिने व्यवस्था छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्