विपन्न परिवारलाई चामल र दाल

रुपन्देहीको एक स्थानीय तहले लकडाउनको समयमा दैनिक छाट टार्न समस्या हुने विपन्न परिवालाई राहत दिने भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिकाले लकडाउनबाट प्रभावित दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने वर्ग र समुदायलाई प्रतिपरिवार दश किलो चामल र दुई किलो दाल उपलब्ध गराउने निर्णय गरेको हो ।

टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले राहत उपलब्ध गराउने प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।


Advertisement

नगरपालिकाले दैनिक ज्यालामजदुरीमा काममा लगाउने व्यक्ति, ठेकेदार, संस्था, कम्पनीलाई आफ्ना कामदारप्रतिको जवाफदेहिया निर्वाह गर्न समेत ध्यानकर्षण गराएको छ ।

सचिवालय बैठकले राहत वितरणलाई व्यवस्थित बनाउन उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ ।


Advertisement

यसअघि हिजो नगरप्रमुखले नगरबासीलाई सम्बोधन गर्दै लकडाउनका कारण कोही भोकै बस्नु नपर्ने भन्दै त्यसको जिम्मा स्थानीय सरकारले लिने उल्लेख गरेका थिए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्