लकडाउनका बेला घरबाट बाहिर निस्कँदा प्रहरीको डण्डा, कमेडियन सुनिल ग्रोवरले यसरी सम्झाए

कोरोनाभाइरसको संक्रमण रोक्नका लागि भारतमा देशव्यापी बन्दाबन्दी (लकडाउन) घोषणा गरिएको छ । 

यसलाई कर्फ्युकै रूपमा लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेका छन् । 


Advertisement

अहिले बाहिर निस्कनेलाई प्रहरीले कडा कारवाही गरिरहेको छ र अटेरी गर्नेलाई डण्डाले हिर्काइरहेको छ । 

यसै क्रममा कमेडियन सुनिल ग्रोभरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा मिम शेयर गरेर घरैमा बस्न मानिसहरूलाई सुझाव दिएका छन् । मिम शेयर गर्दै सुनिलले लेखे, ‘हाहाहा । ईश्वरका लागि आफ्नै घरमा बस ।’


Advertisement

मिममार्फत सुनिलले घरबाट निस्कँदा प्रहरीले पक्रेर लगेको र पिटेको देखाउन खोजेका छन् । सुनिलले आफ्नो फिल्मका दुई दृश्य जोडेर यो मिम बनाएका हुन् । 
 

View this post on Instagram

Ha ha Stay at home for God sake.

A post shared by Sunil Grover (@whosunilgrover) on

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्