भदौ ७, २०८०
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
कोरोनाभाइरसबाट बच्नका लागि तीन पत्र भएको मास्क लगाउन कसैले सुझाव दियो होला अनि कसैले एन९५ मास्क लगाउन भन्यो होला ।
तर कोरोनाभाइरसको खतराका बारेमा थाहा पाएर पनि भारतको बस्तर इलाकाका केही आदिवासीहरूले पातको मास्क बनाएर लगाएका छन् ।
कांकेर जिल्लाको अन्तागढका केही गाउँमा पञ्चायत भवनमा बैठक बोलाउँदा आदिवासीहरू पातबाट बनेको मास्क लगाएर पुगे ।
भर्रीटोला गाउँका एक युवकले बताए, ‘हामीले गाउँमा बाहिरका मानिसलाई पस्न दिएका छैनौं । हामीसँग त मास्क छैन । त्यसैले घरबाट निस्कँदा हामीहरू पातको मास्क लगाइरहेका छौं ।’
आदिवासीहरूले मास्क एक दिन लगाउने अनि त्यसलाई फालेर भोलिपल्ट अर्को मास्क लगाउने गरेका छन् ।
चिकित्सकहरूले यस्ता मास्कले एक हदसम्म त सुरक्षा दिने तर यिनबाट सास फेर्न मुश्किल हुने बताएका छन् ।
रायपुरका डा अभिजीत तिवारीले भने, ‘आदिवासी समाज वर्षौंदेखि आफ्नो परम्परा र ज्ञानले हामीहरूलाई समृद्ध बनाउँदै आएका छन् । उनीहरूको पारम्परिक ज्ञानले जहिले पनि चकित बनाउँछ । तर कोरोना रोक्नलाई उनीहरू पनि अन्य नागरिक जस्तै घरैमा बस्नुपर्छ । सरकारले आदिवासी इलाकामा गएर कपडाबाट बनेको मास्क निःशुल्क बाँड्नुपर्छ । त्यसलाई धोएर बारम्बार उपयोग गर्न मिल्छ ।’
बस्तरका आदिवासीहरूको जीवनमा पातहरूको निकै महत्त्व छ । खाना खानका लागि उनीहरू साल र पलाशका पातको थाली बनाउँछन् अनि रक्सी पिउन महुआका पात उपयोग गर्छन् ।
उनीहरू कपालमा पात राख्छन् र गलामा पातको माला पनि लगाउँछन् ।
उनीहरूको जीविका चलाउन पनि पातहरूको ठूलो भूमिका छ ।
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...