×

NMB BANK
NIC ASIA

कोभिड १९ को संक्रमणको त्रासले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सचिवहरू खुला ठाउँमा बैठक बस्न थालेका छन् ।

Muktinath Bank

बैठक बस्ने हल साँघुरो भएको तर तीन फीट सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले उनीहरू खुला ठाउँमा बैठक बस्न थालेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको सचिव तथा मन्त्रीउपस्थित बैठक मुख्यमन्त्री कार्यालयको कम्पाउण्डमा बसेको छ ।  बैठकमा मास्क भने अनिवार्य गरिएको छ ।


Advertisment
Nabil box
Kumari

‘बैठकमा हरेक कुर्सी कम्तिमा पनि तीन फिटको दुरीमा राखेका छौं,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले लोकान्तरसँग भने, ‘कोरोनाबाट बच्न सकेसम्म प्रयास जारी राखिएको छ । मुख्यमन्त्रीज्यूकै निर्देशनमा यसरी बस्ने व्यवस्था मिलाइएको हो ।’

Vianet communication
Laxmi Bank

उनले थोरै सहभागी हुने बैठक वा मन्त्रीपरिषदको बैठक भने बैठक कक्षमा नै बस्ने गरेको पुष्टि गरे । ‘कोरोनाबाट जोगिनका लागि भइरहेको उपाय र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका बारेमा मुख्यमन्त्रीज्यूले बैठक बोलाउनु भएको हो,’ उनले भने, ‘कोरोना भाईरस रोकथाम तथा प्रतिकार्य योजनाअन्तर्गत हालसम्म भएका कामको समीक्षा तथा आगामी रणनीति तय गर्न माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा माननीय मन्त्रीज्यूहरु, सचिवज्यूहरुको संयुक्त बैठक बसेको छ।’

के के भए निर्णय ?

सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकारले कोरोनाविरुद्ध लड्न हालसम्म भएका तयारी, आगामी दिनमा गर्नुपर्ने कामका बारेमा केही निर्णय गरिएको बताए ।

‘अहिलेसम्मको अवस्थाबारेमा जानकारी गराउने कुरा भएको छ । कोरोना जाँचमा सबैभन्दा ठूलो तनाव भारतबाट आउनेहरुको हो ।उनीहरुलाई जाँच गर्ने र क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ । अलपत्रमा परेकालाई जाँच गरेर क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । विपद कोषको खाता खोल्ने काम सम्पन्न भएको छ । खातामा सहयोग गर्नकालागि सहयोग गर्न चाहनेहरुलाई अपिल गर्ने कुरा भएको छ । सहयोग गर्नेहरुले नगद वा सामान सहयोग गर्नकालागि अपिल गर्ने निर्णय भएको छ,’ उनले भने ।

उनले कोरोनाबाट बच्न सबैलाई अपिल जारी गर्ने, स्वास्थ्यकर्मीका लागि चाहिने अत्यावश्यक सामाग्री पीपीई खरिद गर्ने, संघीय सरकारसँग माग गर्ने र खरिद पनि गर्ने निर्णय पनि भएको बताए ।

सरकारका प्रमुख सचिवको नेतृत्वमा रहेको उच्चस्तरीय समितिलाई परिचालन गर्ने काम अर्थमन्त्रीले गर्ने, उपचारलगायतका स्वास्थ्यका काम सामाजिक विकासमन्त्री दल रावलले, सुरक्षा लगायतको परिचालन गर्ने काम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, क्वारेन्टाइनको अनुगमन तथा व्यवस्थापन कृषिमन्त्री विमला केसीले गर्ने, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको आपुर्ति उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले गर्ने कार्यविभाजन भएको ज्वालाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x