लकडाउनको अवज्ञा गर्नेलाई गोली हान्ने आदेश दिइने तेलंगानाका मुख्यमन्त्रीको चेतावनी

भारतमा कोरोनाभाइरस बन्दाबन्दीको उल्लंघन गर्नेहरूलाई गोली समेत हान्न सकिने चेतावनी दिइएको छ । 

सामाजिक दूरी राख्नका लागि आदेश दिइएको भए पनि हजारौं मानिस टाँसिएरै खानेकुराका लागि पंक्तिबद्ध भएको समेत देखिएको छ । बिहीवार दिल्ली, मुम्बई र कोलकाता जस्ता ठूला शहरमा मानिसहरूले भीडभाड गरेर सामान किनेका हुन् । 


Advertisement

हिजो प्रहरीले बन्दाबन्दी उल्लंघन गर्नेहरूलाई लट्ठी हिर्काएर भगाएको थियो भने अन्यलाई चकले वृत्त बनाएर त्यसभित्र टुक्रुक्क बस्न भनेको थियो । 

दक्षिण भारतीय राज्य तेलंगानाका मुख्यमन्त्री कल्वाकुन्तला चन्द्रशेखरले नियम उल्लंघन गर्नेलाई निकै कठोर चेतावनी दिएका छन् । 


Advertisement

‘कृपया यस्तो स्थिति नल्याउनुस्,’ उनले भने । ‘प्रशासनले सबैलाई रोक्न सक्दैन र मैले सेना बोलाएर देख्नेबित्तिकै गोली हान्ने आदेश दिनुपर्ने हुन्छ । कृपया घरैमा बस्नुस् ।’

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्