राजदरबारका ७ कर्मचारीलाई कोरोना लागेपछि मलेसियाका राजारानी क्वारेन्टाइनमा

मलेसियाको राजदरबारका सातजना कर्मचारीलाई कोरोनाभाइरस लागेको पाइएपछि राजा र रानी क्वारेन्टाइनमा बसेका छन् । 

राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानी टुन्कु अजिजा अमिना मैमुना इस्कन्दरियामा कोरोनाको संक्रमण देखिएन तैपनि उनीहरू १४ दिनसम्म आइसोलेसनमा बस्नेछन् । 


Advertisement

संक्रमित कर्मचारीहरूलाई अस्पताल लगिएको छ अनि अधिकारीहरूले संक्रमणको स्रोत पत्ता लगाउने कोशिश गरिरहेका छन् । राजदरबारलाई संक्रमणमुक्त बनाइँदैछ । 

मलेसियामा कोरोनाका दुई हजार केस पुष्टि भइसकेका छन् । २१ जनाको मृत्यु भइसकेको छ । 


Advertisement

धेरैजसो संक्रमण फेब्रुअरी महिनामा श्री पेतालिङ मस्जिदमा भएको इस्लामिक सम्मेलनमा भएको पाइएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्