आइसोलेसनमा बस्न नमान्ने २ जनामाथि हत्या प्रयासको अभियोग !

दक्षिण अफ्रिकामा आइसोलेसनमा बस्न नमान्ने दुईजनालाई हत्या प्रयासको अभियोग लगाइएको छ ।

तीमध्ये एकजना पर्यटक हुन्, जसमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । स्थानीय सञ्चारमाध्यमहरोका अनुसार उनलाई उनी बस्ने लजमा सेल्फ आइसोलेसनमा बस्न लगाइएको थियो, तर उनले मानेका थिएनन् ।


Advertisement

तीमध्ये अर्का चाहिँ एक सैलुनका मालिक हुन्, जो लेडीस्मिथ सहरमा बस्छन् । उनले काम गर्ने ठाउँ र धार्मिक सभामा उनीमार्फत २७ जनालाई कोरोनाको संक्रमण भएको पुष्टि भएपछि समातिएको थियो ।

उनले पनि आइसोलेसनमा बस्न मानेका थिएनन् ।


Advertisement

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सैलुनका मालिक विभिन्न देश घुमेरसमेत आएका थिए ।

गत मार्च १८ मा उनी स्वदेश फर्केपछि कोरोनाको संक्रमण भएको पाइएको थियो । त्यसपछि उनलाई सेल्फ आइसोलेसनमा बस्न भनियो ।

तर उनले सरकारले भनेको मानेनन् । आइसोलेसनमा बस्न भनिएपनि उनी आफ्नो सैलुनमा काम गर्न गए ।

स्थानीय प्रशासनले दुवैको नाम गोप्य राखेको छ ।

५ करोड ७० लाख जनसंख्या भएको दक्षिण अफ्रिकामा अहिले राष्ट्रव्यापी लकडाउन छ । हालसम्म ७ सय ९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्