कोरोनाविरुद्ध लड्न कर्णालीका मन्त्रीहरूले एक महिनाको तलब दिने निर्णय

कोरोना भाइरस रोकथामका लागि कर्णाली प्रदेशका मन्त्रीहरुले एक महिनाको पारिश्रमिक दिने भएका छन्। 

मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपत व्यवस्थापन कोषमा मुख्यमन्त्रीसहित सवै मन्त्रिपरिषद सदस्यहरूले १ महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको हो।


Advertisement

यसका साथै समस्त जनप्रतिनिधिहरू, राष्ट्रसेवक, उद्योगी÷व्यवसायी एवं अन्य ईच्छुक व्यक्ति तथा संघसंस्थाहरूलाई उक्त कोष वृद्धिको लागि सहयोग गर्न अपिल गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्। 

‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री आपूतिका लागि संघ सरकार समक्ष माग गर्ने, संघ सरकारले तत्काल उपलब्ध गराउन नसक्ने भएमा प्रदेश सरकार आफैले खरिद तथा आपूर्ति व्यवस्था मिलाउने निर्णय गरेको छ,’ उनले भनिन्।


Advertisement

कोरोना संक्रमित विरामीको उपचारका गर्न प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला  र चौरजाहारी अस्पताल रुकुम पश्चिममा रहेका अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा तोकिने भएको छ।    तत्काल आवश्यक व्यवस्थापनका लागि प्रदेश अस्पताल र प्रतिष्ठानलाई एक/ एक करोड तथा चौरजहारीलाई ५० लाख रकम उपलब्ध गराउने निर्णय  पनि भएको छ। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्