कोरोना त्रासका कारण कर्णाली प्रदेशसभा स्थगित

File Photo

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

संसद सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार बैठक बिहीबार दिउसो तीन बजे बस्ने भनिएपनि कोरोना त्रासका कारण स्थगित गरिएको हो।


Advertisement

‘कर्णाली प्रदेश सभाको बैठक कोरोना भाइरस को सम्भावित संक्रमणका कारण नेपाल सरकारले देश भर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा र आवतजावतमा प्रतिबनध लगाएका कारण बैठक बस्न सकेन,’ उनले भने, ‘कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम माननीय सभामुख ज्यूको आदेश अनुसार सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।’

प्रदेश सभाको बैठक विजनेश नभएको बताउँदै गएको फागुन २७ गते बसेको थियो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्