×

NMB BANK
NIC ASIA

नेपालमै पीपीई निर्माण

चैत १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट– पीपीई) स्वदेशमै बनाउन थालिएको छ । राष्ट्रिय आविष्कार केन्द्र, पाटन अस्पताललगायतले पीपीई निर्माण सुरु गरेका हुन् । कोरोना भाइरस संक्रमण आशंकामा आइसोलेसन र क्वारेन्टाइनमा बसेका व्यक्तिको निगरानी एवं उपचारका बेला स्वास्थ्यकर्मीले पीपीई लगाउँछन् ।

Muktinath Bank

महावीर पुन नेतृत्वको केन्द्रले बुधबार पहिलो चरणमा पीपीईको नमुना तयार पारेको थियो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले नमुना परीक्षणको अवलोकन गरेका थिए । आफूले स्वीकृति पाएपछि काठमाडौंका दुई स्थानबाट पीपीई बनाउन थालेको पुनले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि लगाइने पीपीई स्वदेशमै निर्माण हुनु सुखद कार्य भएको बताए । ‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनुपर्ने बेला हो यो’, रजिस्ट्रार डा. अधिकारीले भने, ‘पीपीई स्वदेशमै बन्नु सामान्य विषय हो । तर, अभावका बेला स्वदेशमै बन्नु स्वागतयोग्य कुरा छ । त्यसलाई धेरै हेरिरहनुपर्दैन । अहिले त पीपीईको संख्या नै कमी छ । ’ पाटन अस्पतालमा पनि पीपीईलगायत सामग्री उत्पादन भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार सम्भावित बिरामीको प्रारम्भिक उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनिवार्य पीपीई प्रयोग गर्नुपर्छ । काठमाडौंका वीर, त्रिवि शिक्षण, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताललगायतमै पीपीई अभाव देखिएको छ ।

Vianet communication
Laxmi Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली बुधबार बिहान पाटन अस्पताल पुगेको थियो । अस्पतालमा चार जना व्यक्ति पीपीई बनाउन अहोरात्र खटिरहेको भेटिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए । धुम्बाराहीमा पीपीई निर्माण कार्य भइरहेकाले केही आवश्यकता पूर्ति गर्न सहयोग पुगेको मन्त्री ढकालको भनाइ छ ।

मन्त्री ढकालले बुधबार आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा औजारजन्य सामग्री अभाव हुन नदिने अभियानमा जुटेको बताएका थिए । ‘पीपीईलगायत सामग्री हामी आफैं पनि निर्माण गर्न लागेका छौं’, उनले भने, ‘निर्माण पनि भइरहेका छन् ।’

यसका अतिरिक्त कीटजन्य सामग्री, थर्मल गन र अन्य आवश्यक सामग्रीका लागि सहयोगको आह्वान गरिने उनको भनाइ थियो । चीनमार्फत कतिपय सामग्री तीन दिनभित्र ल्याइने दाबी उनले गरेका थिए । यी सामग्री प्रदेश, जिल्ला, प्रभावित क्षेत्रसम्म मन्त्रालयको नेतृत्वमा लगिनेछ ।

स्वास्थ्यसचिव यादवप्रसाद कोइरालाले पनि बिहीबार पत्रकार सम्मेलनमा पीपीई गाइडलाइन बनाइदिएको बताए । ‘साधारण रुघाखोकी लागेको, ज्वरो आएको छ भने स्वास्थ्यकर्मी तथा चिकित्सकले मुखमा मास्क, आँखामा चश्मा र टोपी लगाएपछि संरक्षण गर्छ’, उनले भने, ‘दोसो चरणमा पूर्ण पीपीईको व्यवस्था छ । ’ सरकारले फिभर क्लिनिक सञ्चालनका लागि मुलुकभर हब अस्पताल बनाएको र हरेकलाई १० लाख बजेट विनियोजन गरिएको उनले बताए । अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x