कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
कोडिभ–१९ का कारण सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना गरेर घरमा बस्नेहरुलाई झापाको अर्जुनधाराको मामा–भाञ्जा सिर्जनशील कृषि फार्मले घरघरैमा ताजा तरकारी पुर्याउने व्यवस्था गरेको छ ।
अर्जुनधारा ५, ८, ११ र मेचीनगर १३ मा २० बिघा जमिनमा सो कृषिफार्मले काक्रा, करेला, बोडी, बैगुन, टमाटरलगायतका तरकारी खेती गरेको छ । फार्मबाट उत्पादित ताजा तरकारी प्याकेजिङ गरेर स्थानीयको मागअनुसार घरमै पुर्याउन थालेको फार्मका सञ्चालक निर्मल अधिकारीले बताए ।
उनले जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति (पास) लिएको गाडीमा तरकारी राखेर आजदेखि घरघरै पुर्याउन थालिएको र तरकारीको मूल्य प्रचलित बजारभाउभन्दा सस्तो रहेको जानकारी दिए।
उनी भन्छन्,'कोभिड–१९ को सङ्क्रमणको जोखिमको ख्याल नगरी सर्वसाधारणहरु तरकारी पसलमा भीड लागेको देखेर सङ्कटको बेला सहयोग गर्ने उद्देश्यले आफूहरुले घरघरमा तरकारी डेलिभरी सेवाको व्यवस्था गरेका हौँ ।'
उहाँका अनुसार काक्राको मूल्य प्रतिकेजी रु ५०, टमाटरको रु ५०, बैगुनको रु ५०, बोडी र करेलाको मूल्य भने प्रतिकेजी रु २०० कायम गरिएको छ । कृषि ज्ञान केन्द्र इलामका प्रमुख शालिकराम भट्टराईले घरघरमा तरकारी पुर्याउने कार्य अहिलेको अवस्थामा अति आवश्यकीय र सुरक्षित भएको सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरेका छन् । फार्म सञ्चालकहरुले आफ्नो फोन नम्बर सामाजिक सञ्जालमार्फत सम्पर्कका लागि सार्वजनिक गरेपछि प्रशस्त माग आइरहेको अधिकारीले बताए।
“पहिलो प्राथमिकता अर्जुनधारा नगरभित्रकाका लागि हो”, उहाँले भन्नुभयो, “अन्य छिमेकी नगरबाट समेत फोन आइरहेको छ । उनीहरुलाई पनि यस्तो सङ्कटका बेला सेवाचाहिँ दिने हो कि भन्ने सोच बनाइरहेका छौँ ।” स्थानीय पत्रकार दिपीन राईले बजारको भीडभाडमा जाने अवस्था नरहेको अवस्थामा घरघरैमा बजार मूल्यमै ताजा तरकारी पुर्याएर सेवा दिने अभियानलाई स्थानीय सरकारहरुले प्रोत्साहित गर्नुपर्ने बताए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...