×

NMB BANK
NIC ASIA

रक्सी ठानेर स्यानिटाइजर पिउने कैदीको मृत्यु

चैत १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको केरलामा एकजना कैदीले रक्सी भन्ठानेर स्यानिटाइजर पिएपछि ज्यान गुमाएका छन् ।

Muktinath Bank

पलक्क्ड जेलमा रहेका रमनकुट्टी नामक ती कैदी १८ फेब्रुअरीदेखि पुर्पक्षका क्रममा जेलमा बसिरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी स्यानिटाइजर पिएपछि जेलमा बेहोश भएका थिए ।


Advertisment
Nabil box
Kumari

मंगलवार बिहान उनलाई अस्पताल भर्ना गरिएको थियो तर उपचारका क्रममा उनको ज्यान गयो । 

Vianet communication
Laxmi Bank

सरकारले अहिले सबै ठाउँमा स्यानिटाइजर राख्न निर्देशन दिएबमोजिम जेलमा स्यानिटाइजर राखिएको थियो । त्यसमा हुने अल्कोहलले कैदीलाई झुक्याएको अधिकारीहरुले अनुमान गरेका छन् ।

केरलामै मदिराको लत लागेका एक युवकले आत्महत्या गरेका छन् । 

थ्रिसुरमा बस्ने सनोज नाम गरेका ती युवक लकडाउनका बेलामा रक्सी किन्न नपाएर चिन्तित थिए । अरू दिन उनी दिनको तीनपटक दारुपसल पुग्ने गर्थे । तर केरल सरकारले बुधवारदेखि रक्सीको बिक्रीमा प्रतिबन्ध लगाएको छ । 

सरकारको निर्णयबाट सनोज दुई दिनदेखि छटपटिइरहेका थिए । उनी निकै तनावमा देखिन्थे । शुक्रवार बिहान डोरीमा झुण्डिएको अवस्थामा उनको शव बरामद गरियो । प्रहरीले यसलाई आत्महत्याको घटनाका रूपमा लिएको छ ।

रक्सी नपाएर हताश भएको सनोजले डोरीमा झुण्डिएको भनी नातेदार र साथीभाइले बयान समेत दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x