कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड– १९ को संक्रमणसँग लड्न सरकारले घोषणा गरेको ‘लक-डाउन’लाई जनताले प्रभावकारी रूपमा साथ दिएका छन् । केही छिटफुट अवज्ञाका घटनाबाहेक सचेत नागरिक समाजदेखि लिएर प्रमुख प्रतिपक्षी दल समेतले सरकारलाई भरपुर सहयोग गर्ने बताइरहेका छन् ।
नेपालमा कोभिड– १९ को संक्रमण जुन तहमा देखिएको छ, त्यसलाई बढ्न नदिन सरकारले के गरिरहेको छ भन्ने प्रश्न पनि चारैतिर उठिरहेको देखिन्छ । संक्रमण रोक्न लक-डाउन केही मात्र प्रभावकारी हुने बरू यसबाट उत्पन्न हुने बहुआयामिक चुनौतीहरूको हल गर्नुपर्ने विषय अहिले तदारुकताका साथ उठेको प्रश्न हो ।
नागरिकहरू घरमै थुनिँदा संक्रमणको जोखिम निश्चित रूपमा कम भएको छ । तर विदेशबाट आएका दुई संक्रमितहरूसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरूमा पनि संक्रमण देखिएको खण्डमा अस्पताल र स्वास्थ्यकर्मीको व्यवस्थापन कसरी हुँदैछ ? संक्रमणको परीक्षण गर्ने क्षमता सरकारले कसरी बढाउँदैछ भन्ने प्रश्नहरूको जवाफ सरकारले दिनुपर्नेछ । सरकारले लक-डाउनको समयावधि बढाउने तयारी गरिरहेको स्रोतहरूले दाबी गरिरहेका छन् ।
लक-डाउनको समयसीमा बढ्दा स्वाभाविक रूपमा आपूर्तिमा समस्या आउनेछ । हुने खानेहरूले एकाध महिनालाई पुग्ने अत्यावश्यक सामानहरू जोडिसकेका छन् भने दैनिक ज्यालादारी, मजदूर र हुँदा खानेहरूका लागि लक-डाउन थप कष्टकर बन्दै जाने कुरामा दुईमत रहेन ।
यद्यपि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पटक-पटक ६ महिनालाई पुग्ने अत्यावश्यक खाद्य सामग्रीहरू बजारमा रहेकाले केही समस्या नहुने दाबी गरिरहेका छन् ।
सरकारका उच्च अधिकारीहरूले जनतालाई दिएको आश्वासनपछि पनि आमनागरिक ढुक्क हुने स्थिति कति छ त ?
यो समाचार टिप्पणीमा हामीले जनताको तहबाट उठेका केही प्रश्नहरूबारे समीक्षा गर्नेछौं ।
पहिलो प्रश्न – कोरोना परीक्षण गर्ने किटको अवस्था के छ ?
जम्मा १५/१६ सयको मात्र नमूना परीक्षण गर्न सक्ने क्षमता भएको कुरा बाहिरिएपछि सबैभन्दा बढी जनचासोका रूपमा यही प्रश्न गर्ने गरिन्छ । इटालीजस्तो स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति गरेको मुलुकको अवस्थाका बारेमा दिनदिनै पढ्ने नेपाली पाठकहरूले परीक्षण गर्ने किटको अभाव हुनसक्ने भन्दै सामाजिक सञ्जालहरूमा निकै चासो व्यक्ति गर्ने गरेका छन् ।
स्वास्थ्य विभागका महानिर्देशक डाक्टर महेन्द्र श्रेष्ठले अहिले आफूहरूसँग १ हजार जनाको मात्र परीक्षण गर्ने क्षमता रहेको बताए । विश्वमै किटको सर्टेज रहेको भन्दै डाक्टर श्रेष्ठले लोकान्तरसँग भने, ‘अहिले कोरोना परीक्षण गर्ने किटको विश्वमै सर्टेज छ, हामीले जता पाउँछौ त्यतैबाट ल्याउने तयारी गरिरहेका छौं,’ डाक्टर श्रेष्ठले भने, ‘हामीसँग लगभग १६ सयको परीक्षण गर्ने क्षमता थियो । ६ सय जति गरिसक्यौं । अब १ हजार जतिको परीक्षण गर्न सक्छौं ।’
तर यतिमा निराश हुनुनपर्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । आवश्यक पर्ने किटहरू चीनबाट मगाइएको र केही दिनमा आइपुग्ने एक अधिकारीले बताए । ‘प्रक्रियामा छ, एकाध दिनमा हामी चीनमै नमूना परीक्षण गर्ने किट ल्याउँदैछौं,’ उनले भने, ‘हामीले हाम्रो स्थितिअनुसार केही हजारको संख्यामा परीक्षण र सुरक्षा किटहरू ल्याउने तय भैसकेको छ ।’
उनले दक्षिण कोरियाबाट पनि गैरआवासीय नेपालीहरूको पहलमा करीब २ हजार जति परीक्षण किट र सुरक्षा सामग्रीहरू ल्याउन समन्वय भइरहेको जानकारी दिए । ‘हामीले परीक्षणको दायरा बढाउने भनेका छौं, त्यसैले निश्चित रूपमा हामीलाई किटहरू चाहिन्छ । निजी क्षेत्रले पनि यसमा समन्वय गरिरहेको छ,’ उनले भने ।
शनिवारका लागि हामीलाई स्ट्याण्डबाई बस्न अनुरोध आएको छ – नागरिक उड्ययन प्राधिकरण
नागरिक उड्ययन प्राधिकरणका एक उच्च अधिकारीले आफूहरूलाई शनिवारका लागि स्ट्याण्डबाई रहन अनुरोध आएको बताएका छन् । चीनबाट परीक्षण लगायतका अन्य सुरक्षा उपकरणहरू ल्याउनका लागि नेपाल वायुसेवा निगमका तर्फबाट चिट्ठी आएको उनले खुलासा गरे ।
‘तयारी गर्नुस् भनेर निगमका तर्फबाट हामीलाई अनुरोध आएको छ,’ नाम नखुलाउने शर्तमा उनले भने, ‘भोलि नै चीन जाने गरी हामीलाई अनुरोध आएपछि हामी तयार भएर बसेका छौं । को–को जाने, के–के ल्याउने भन्ने कुरा सम्बन्धित मन्त्रालयले आफ्नो तयारी गरेको होला ।’
कोरियाबाट पनि परीक्षण किट आउँदै
गैर आवासीय नेपाली संघका कोरियाका प्रतिनिधि यज्ञ सुवेदीको पहलमा कोरियाबाट २ हजार परीक्षण किट र केही स्वास्थ्य सुरक्षाका सामग्रीहरू नेपाल पठाउन लागिएको छ । ‘हामीले सिधै उत्पादक कम्पनीसँग कुरा गरिरहेका छौं,’ कोरियामा रहेका भारत सुवेदीले लोकान्तरसँग भने, ‘एनआरएनए कोरियाका अध्यक्ष यज्ञ सुवेदीले यसको पहल गरिरहनु भएको छ ।’
उनले अहिलेसम्म ८० लाख नेपाली रकम संकलन भइसकेको जानकारी दिए । ‘हामीले स्वतःस्फुर्त रूपमा रकम संकलन गरिरहेका छौं,’ सुवेदीले भने, ‘२ हजार परीक्षण किट र अन्य पीपीईको खरिद प्रक्रिया शुरू भइसकेको छ । मंगलवारसम्म हामीले चीन पठाइसक्ने गरी काम गरिरहेका छौं । स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय भइरहेको छ ।’
दोस्रो प्रश्न – ‘लक-डाउन’मा आपूर्ति व्यवस्था कसरी सुचारू हुन्छ ?
धेरै नागरिकहरूले सोध्ने गरेको प्रश्न हो यो । संक्रमणको त्रासमा नागरिकहरू दैलोभित्रै थुनिएका छन् । केही दिनका लागि खाद्यान्यको जोहो गरेर घरभित्रै थुनिएका जनताले खाद्यसुरक्षाको अनुभूति पाउनु संवैधानिक अधिकार पनि हो ।
पूर्व श्रममन्त्रीसमेत रहेका नेकपाका नेता गोकर्ण विष्टले दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने श्रमिकहरूमाथि यो लक-डाउनले अझ धेरै संकट थपेको टिप्पणी गरेका छन् । ‘कोभिड– १९ ले दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने श्रमिकहरूलाई अझ धेरै संकट थपेको छ,’ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै विष्टले भनेका छन्, ‘अति धेरै जोखिममा रहेका यस्ता श्रमिकहरूको दैनिक रोजीरोटीको समस्यामा सम्बन्धित निकायले सक्दो सहयोग गर्न अनुरोध गर्दछु ।’
विष्टले भनेजस्तै केही स्थानीय निकायले दैनिक ज्यालादारी र मजदूरी गर्नेहरूको समस्या समाधान गर्न पहल गरिसकेका छन् । बुटवलको तिलोत्तमा नगरपालिकाले विपन्न परिवारलाई दाल चामल बाँड्ने अभियान शुरू गरिसकेको छ भने पाँचथरका केही स्थानीय निकायहरूले पनि यस्तो अभियान शुरू गरिसकेका छन् ।
अहिलेको परिस्थितिमा दैनिक ज्यालादारीमा काम गर्ने विपन्न परिवारले केही ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ, तर सरकारका अधिकारीहरूले त्यस्तो अवस्था नभएको बताएका छन् ।
उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले केही दिनका लागि जोहो गरेर राख्ने नेपालीहरूको संस्कार रहेकाले २/४ दिनमै समस्या आइनहाल्ने बताए । ‘दैनिक गुजारा गर्नेहरूका बारेमा पनि सरकारले सोचिरहेको छ,’ ढकालले लोकान्तरसँग भने, ‘अहिलेको प्रश्न भनेको समग्र आपूर्ति व्यवस्थामा परेको असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने हो ।
भारतबाट हुने आपूर्तिमा अप्ठ्यारो !
बिहीवार उद्योग मन्त्रालयले आपूर्ति व्यवस्था सहज गर्न अनुरोध गर्न भन्दै परराष्ट्र मन्त्रालयमा एउटा पत्र पठाएको थियो । सो पत्रमा भारतबाट आउने सामानहरू रोकिन थालेको भन्दै भारत सरकारसँग समन्वय गरिदिन अनुरोध गरिएको थियो ।
यसबारे सहसचिव ढकालसँग प्रश्न गर्दा उनले समस्या सुख्खा बन्दरगाहमा रहेको बताए । ‘सुख्खा बन्दरगाहमा पहिलेदेखि सामानहरू थुप्रिएका छन्, हामीले ल्याउन सकेका छैनौं,’ ढकालले भने, ‘रेलबाट आउने सामानहरू रेल जहाँ रोकिएका छन्, त्यहीँ रोकिए । यो असामान्य अवस्थामा केही समस्या त देखिन्छन् नै । हामीले भारतका सम्बन्धित अधिकारीहरूबाट पनि सकारात्मक जवाफ पाएका छौं । चीनतिरको नाकामा रोकिएका सामानहरू पनि अब छिट्टै आउँछन् ।’
सहसचिव ढकालले भारत र चीन दुवैतर्फका नाकाहरूमा केही समस्या नरहेको बताए । ‘हामीले आवश्यक समन्वय गरिरहेका छौं, उताबाट पनि त्यही खालको सहयोग भइरहेको छ,’ उनले भने । उनले नेपालमा खपत हुने २० प्रतिशत खाद्य सामग्री मात्र आयात हुने गरेको भन्दै त्यसमाथि पनि अधिकांश आयात दशैं तिहारमा हुने गरेको स्मरण गरे । ‘हामी मूलभूत रूपमा आत्मनिर्भर जस्तै छौं, त्यसैले खाद्यवस्तु आपूर्तिमा ठूलो समस्या नआउने हाम्रो आंकलन छ,’ उनले भने ।’
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...