फिल्डमा खटिएका ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीलाई वितरण गरेको छ। 

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै डिउटीमा खट्टिएका ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख ढकाल आफैँ फिल्डमा गई मास्क र सेनिटाइजर वितरण गरेका हुन्।


Advertisement

विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ संक्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए।

‘कोरोनाको उच्च जोखिम मोलेर फ्रन्टलाइनमा दैनिक खट्टिनुपर्ने ट्राफिक प्रहरीको सुरक्षाको लागि महाशाखाले प्राविधिकहरूको सहयोग लिई आफैँ सेनिटाइजर उत्पादन गरेको हो ,’ ढकालले भने, ‘अहिले ३० लिटर उत्पादन गरेका छौं, आवश्यकताअनुसार थप उत्पादन गर्छौ र वितरण गर्छौँ ।’


Advertisement

महाशाखाले आफ्ना प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरेको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्