चैतको विद्युत महसुलमा २० प्रतिशत छुट

सरकारले चैत महिनाको विद्युत महसुलमा ग्राहकलाई छुट दिने निर्णय गरेको छ।

शुक्रबार बसेको विद्युत प्राधिकरण बोर्डको बैठकले चैत महिनामा १५० युनिटसम्म बिजुलीको महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको हो। योसँगै ३८ लाख घरेलु उपभोक्ता लाभान्वित हुनेछन्।


Advertisement

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनका अनुसार यो निर्णयबाट विद्युतीय चुल्हो लगायतको सामग्री प्रयोगमा प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्