×

NMB BANK
NIC ASIA

गण्डकीमा १३ को रिपोर्ट नेगेटिभः मृतकमा संक्रमण नभएको पुष्टि

चैत १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ  आएको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सपना सुवेदीले जानकारी दिनुभयो । उहाँले बाँकीको रिपोर्ट केही दिनमा आउने बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा रहनुभएका  विश्वमोहन नेपालीको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । एघार दिनअघि भारतको हैदराबादबाट आएका  नेपालीेलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । दम, रक्तचाप, मुटुलगायतका बिरामी नेपालीले  पाँच प्रकारका औषधि सेवन गरिरहेका थिए ।


Advertisment
Nabil box
Kumari

उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा न बाटामै मृत्यु भएको थियो । उहाँको मृत्युमा धेरैले कोरोनाको शंका गरेका थिए । गाउँपालिकाले बिहीबार नेपालीको स्वाब परीक्षणका लागि काठमाडौँको टेकु अस्पताल   पठाएको थियो ।

Vianet communication
Laxmi Bank

शुक्रवार आएको नेपालीको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिपोर्टअनुसार मृतक नेपालीमा कोरोना संक्रमण  नभएको पुष्टि भएको हो  ।

कीटनाशक औषधि छर्कदै पोखरा

कोरोना भाइरसको संक्रमण फैलन नदिन पोखरा महानगरपालिकाले नगरका विभिन्न ठाउँमा  कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केने कार्यलाई तीव्रता दिएको छ ।  

बिहीबारदेखि महानगरको न्युरोडस्थित कार्यालयबाट औषधि छर्न शुरु गरेको महानगरले शुक्रबार जिरोकिमीदेखि हल्लनचोक, लेकसाइड हुँदै शहीदचोकसम्मको सडकमा  औषधि छर्केको स्वास्थ्य महाशाखाका सिनियर अहेव अधिकृत हरिलाल आचार्यले जानकारी दिए। 

लेकसाइड र  हरिचोक, सिम्पानी, ट्याक्सीचोक, क्याम्पस गेट, शिक्षा कार्यालयचोक लगायत ठाउँमा औषधि छरिएको आचार्यले बताए ।  विशेष गरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा औषधि छरिएको छ ।

महानगरका प्रमुख मानबहादुर जिसीले महानगर क्षेत्रका भीडभाड हुने ठाउँ, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, चौतारालगायत सडकका ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिने बताए। प्रमुख जिसीले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरवासीलाई अनुरोधसमेत गरेका छन्।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x