कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
चैत १५, २०७६
डा. सुदर्शन थापालाई एकछिन पनि फुर्सद छैन । वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. थापाको पेशा उहीँ तर जिम्मेवारी थपिएसँगै कामको चाप थपिएको छ ।
बिहान ५ बजेदेखि राति १० बजेसम्म उनलाई एकछिन पनि थचक्क बस्ने अवस्था छैन । कारण हो – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र त्यसको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालको फोकल पर्सन तथा मेडिकल विभाग प्रमुखको जिम्मेवारी ।
डा. थापाले प्रमुखको जिम्मेवारीलाई चुनौतीसँगै अवसरको रुपमा पनि लिएका छन् ।
उनलाई अहिले आफूसहित आफ्नो नेतृत्वमा रहेको चिकित्सकीय टीमलाई आत्मबल बढाएर काम गर्नुपर्ने जिम्मेवारी पनि छ ।
डा. थापा भन्छन्, ‘काम उहीँ हो तर जिम्मेवारी थपिएको छ । स्रोतसाधनको अभावबीच कोरोना संक्रमणको शंंका लागेर अस्पताल आएका बिरामीको उपचारमा खटिनुपरेको छ तर राम्रो पक्ष अहिलेसम्म यहाँ कुनै पनि बिरामीमा ‘पोजिटिभ’ रिपोर्ट देखिएको छैन । अत्यावश्यक उपकरण विना नै जोखिम मोलेर काम गरेका छौं ।’
थापालाई दैनिक १०० भन्दा बढी फोन आउँछन् । के भइरहेको छ ? कस्तो छ ? तयारीदेखि कोरोना संक्रमितको आशंका गरिएको बिरामीको रिपोर्ट के आयो ? नयाँ बिरामी आएका छन् कि छैनन् ? पत्रकार, मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत कर्मचारी, मन्त्रीदेखि अस्पतालका चिकित्सकले फोन गरेर सोध्छन् ।
उनी लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चेकजाँच गर्छन् । त्यसपछि बुटवल–१० रामनगरमा रहेको कोरोना विशेष अस्पतालमा पुग्छन् । त्यहाँ प्रत्येक दिन आइसोलेनसनमा बढ्दै गएका बिरामीको चेकजाँचमा खटिन्छन् । त्यहाँ के–के आवश्यकता छन् ? आफ्नो नेतृत्वको टीमसँग छलफल गर्छन् । दिनभर त्यहीँ खटिन्छन् । उनलाई अहिले खाना खाने फर्सद समेत छैन ।
उनी भन्छन्, ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले नेपाललाई पनि समातिसकेको छ तर हाम्रो देशमा अहिलेसम्म अन्य देशमा जस्तै संक्रमण व्यापक रुपमा देखिएको छैन । कुनै पनि बेला यसले ठूलो प्रकोपको रुप नलेला भन्न सकिन्न । त्यसैले नागरिकहरू घरमै बस्नुहोस् । यसको जोखिम न्यूनीकरण गर्न सहयोग गर्नुुहोस् ।’
देशभर कोरोनाको क्षेत्रमा काम गर्ने चिकित्सकले अत्यावश्यक तयारी सामग्री विनै काम गर्नुपर्ने बाध्य भएको गुनासो डा. थापाले गरे । ‘स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) अर्थात् व्यक्तिगत सुरक्षा उपकरणको चरम अभाव छ । पीपीई विना नै हामी उपचारमा काम गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘हामी अभावबीच जनताको जीवन रक्षाका लागि पीपीई नपाएपछि प्लास्टिकको ‘रेनकोट’ लगाएर काम गरिरहेका छौं । जतिसक्दो चाँडो राज्यले कोरोनाका बिरामीको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको टीमलाई पीपीई उपलब्ध गराउनुपर्यो ।’
बुटवलमा मात्रै दैनिक ६ वटासम्म पीपीई आवश्यक छ तर एउटा पनि पीपीई नहुँदा चिकित्सकले त्यसको सट्टामा रेनकोट प्रयोग गरेर काम गरिरहेका छन् ।
गत फागुन २९ गते बुटवलका एक युवालाई कोरोना भाइरसका बिरामीसँग मिल्दाजुल्दा लक्षण देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरियो । अस्पतालमा भागाभागको जस्तै स्थिति बन्यो तर थापाले उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै उपचारमा खटिए । ती बिरामीमा कोरोनाको संक्रमण देखिएन ।
‘शंका लागेर आएका बिरामी आउँदा त्रासको वातावरण थियो । बिस्तारै सिस्टरहरूलाई पनि बुझाउँदै आत्मबलका साथ काममा खटाइएको छ । शंकामा आएका बिरामीको उपचार गरेपछि निधक्क भएर काम गरिएको छ, मनको डर हट्दै गएको पनि छ,’ उनले भने, ‘जोखिमपूर्ण काममा खटिने चिकित्सकहरूलाई राज्यले प्रोत्साहन गर्ने प्याकेज ल्याउनुपर्छ । सुरक्षाका साधन विनै काम गर्ने डाक्टर र टीमलाई राज्यले आत्मबल बढ्ने गरी आर्थिकदेखि अन्य प्याकेज पनि ल्याउनुपर्छ । जसले गर्दा हामीलाई काम गर्न हौसला बढछ ।’
डा. थापासँग २० जनाको टीम छ । बुटवलको कोरोना विशेष अस्पतालमा ६ जना बिरामीलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ भने ८ जना शंकास्पद बिरामीको स्वाब परीक्षण गर्दा ‘नेगेटिभ’ रिपोर्ट आएपछि उनीहरू घर फर्किसकेका छन् ।
प्रदेशमा कोरोनाविरुद्ध लड्न तयारी कम रहेको डा. थापाले बताए । ‘महामारीले प्रकोपको रुपमा लियो भने हाम्रो तयारीले धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘हाम्रो तयारी कम छ । यसलाई अझै बढाउनुपर्छ ।’
बुटवलमा सञ्चालित निजी हस्पिटलले ज्वरो आएको बिरामीलाई हेर्दै नहेर्नु दुःखद रहेको थापाले बताए । ‘ज्वरो आउँदैमा कोरोना संक्रमण भएको ठान्नु गलत हो । कोरोनाबाट बच्न भीडभाडमा नजाने, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कने, निस्कनैपर्ने भए राम्रो खालको सेनिटाइजर प्रयोग गर्ने, पटक–पटक साबुनपानीले २० सेकेन्डसम्म मिचेर हात धुने, हाछ्यू गर्दा राम्रो रुमालको प्रयोग गर्ने, हातले नाक, मुख र आँखालाई नछोए यसको जोखिमबाट बच्च सकिन्छ,’ उनले भने । १०४ फरेनाइटसम्म ज्वरो आउने, सुख्खा खोकी, लाग्ने शरीरमा थकानको महसूस भए तत्काल नजिकैको चिकित्सकसँग पुग्नुपर्ने डा. थापाको सुझाव छ ।
गुल्मी पौदी अमराईमा जन्मिएका थापाले रुपन्देहीको भैरहवास्थित इन्द्रराज्यलक्ष्मी माविबाट २०५१ सालमा एसएलसी गरे । काठमाडौंस्थित नेपाल साइन्स क्याम्पसबाट आईएस्सी गरे । त्यसपछि चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा उनले छात्रवृत्ति कोटामा अध्ययन पूरा गरे । त्यसपछि उनले २०६१ सालमा पहिलो पटक सरकारी सेवामा गुल्मी अस्पतालबाट आफ्नो सेवा शुरू गरे । त्यसपछि काठमाडौंको वीर अस्पतालबाट ३ वर्ष काम गरेर एमडी गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ६ वर्षदेखि कार्यरत छन् ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...