×

NMB BANK
NIC ASIA

एकान्तबास बसाउँदै जनप्रतिनिधि

चैत १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

'मान्छेको एकान्तमा बस्ने बानी त्यति छैन, यो मुख्य चुनौती देखिएको छ', बर्दिवास नगरका प्रमुख विदुरकुमार कार्की भने, 'मैले लकडाउन घोषणा भएदेखि नै यसको आवश्यकता र प्रभावकारिता बुझाउन घरदैलो जारी राखेको छु, अहिले क्रमशः बुझ्न थालेका छन् ।'

Muktinath Bank

कोभिड–१९ को सङ्क्रमण आउन नदिन महोत्तरीका बर्दिवास, भङ्गाहा र मटिहानीलगायतका नगरपालिकामा जनप्रतिनिधिले यसरी नै सचेतनाका लागि घरदैलो अभियान जारी राखेका छन् । कहाँ, कुन बस्तीमा बाहिरबाट को आए भन्ने सूचना पाउना साथ नगरप्रमुख स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित घरै पुग्न थालेका छन् । लगातारको प्रयत्नपछि लकडाउन प्रभावकारी बन्दै गएको नगरप्रमुख कार्कीको ठम्याइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउनका दिनहरु बित्दै जाँदा गरिब र दलित बस्तीमा खाद्यान्न सङ्कट पर्न सक्ने देखिएको छ । यसबीचमा अभियानसँगै यस्ता परिवारको लगत खडा गर्ने र राहत घरघर पुर्‍याउने आवश्यक तयारी पनि थालिएको नगरप्रमुख कार्कीले बताए ।


Advertisment
Nabil box
Kumari

'हामी तपार्इंहरु कहीँ ननिस्कनुहोस्, सामान के चाहिन्छ बिलसहित सामान ल्याइदिन्छौँ भनिरहेका छौँ', कार्कीले भने, 'यसक्रममा सर्वसाधारणको मागअनुसारको उपभोग्य वस्तु सहुलियत दरमा घरमै पु¥याइदिने तयारी छ ।' वस्तुका लागि रकम दिन नसक्ने गरिबको हकमा विशेष व्यवस्था गरेर भोकै बस्ने अवस्था आउन नदिने कार्कीको प्रतिबद्धता छ ।

Vianet communication
Laxmi Bank

जिल्लाको सुदूरपूर्वी दक्षिणवर्ती मटिहानी नगरपालिकामा घरघरै साबुनपानीले हात धुन, बसउठको दूरी कायम गर्न र बाहिर आउनेबारे तत्काल जानकारी गराउन जनप्रतिनिधिले आम जनतासँग अपिल गर्ने गरेका छन् । आफ्नो नगरपालिकाको मुख्यबजार मटिहानी भारतीय बजार मधवापुरसँग टाँसिएकै हुँदा दोहोरो आवागमन रोक्ने कुरा सबैभन्दा चुनौतीपूर्ण बनेको नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन्।
 
घरदैलोको क्रममा मुख्यरूपमा कोरोनाको भयावह पक्ष जानकारी गराउँदै यसबाट बच्ने उपाय बताइरहँदा आम जनताले कुरा बुझ्दै गएका मण्डलको ठम्याइ छ । लकडाउनको महत्व र आवश्यकताबारे सकारात्मक सन्देश बढ्दै गएपछि यसको प्रभावकारिता पनि बढ्दै गएको मण्डलले बताए । 'लकडाउनका चार दिन बिते, अब मान्छे आफैँ यसको समर्थन गर्न थालेका छन्', मण्डलले भने । लकडाउन बढ्नसमेत सक्ने अवस्थालाई मध्यनजर गर्दै खासमा अत्यन्त गरिब बस्तीमा खाद्यान्न अभाव हुन नदिन आवश्यक गृहकार्य थालिएको मण्डलको भनाइ छ ।
 
भङ्गाहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतोले वडा बस्तीका घरघरै एक सिसी स्यानिटाइजर, तीन–तीनवटा साबुन र मास्क पुर्‍याएका छन् । एक महिला र एक पुरुष सस्थ्यकर्मीसहित घरघरै पुगेर मास्क लगाउने तरिका, साबुनपानीले पटकपटक हात धुने र स्यानिटाइजर लगाउने तरिका सबैलाई सिकाइएको महतोले बताए । भङ्गाहा–४ मा एक हजार ३०० घरधुरी छन् । जसमध्ये मुसहर, बाँतर, चमार र दुसाधसहितका अति विपन्न दलितका घर नै ३०० को हाराहारीमा रहेका महतोले जानकारी दिए।
 
आफ्नो बस्तीमा लकडाउनबारे आम जनता सहयोगी देखिएको महतोको ठम्याइ छ । 'कोही घरबाट निस्कँदैनन्, आवश्यकताका सामानबारे वडा कार्यालयलाई खबर गर्न बस्तीबस्तीमै अगुवा तोकिएका छन्, खबरअनुसार सामान पुर्‍याइदिनासाथ बिलअनुसारको नगद दिने गरेका छन्', महतोले भने, 'अतिविपन्नको सूची तयार गरिसकिएको हुँदा कुनै राहत प्याकेज पुर्‍याउन झमेलाको स्थिति छैन ।'

यी स्थानीय तहले थालेका प्रयत्नले लकडाउनको प्रभावकारिता बढाएपछि छरछिमेकका अन्य नगर÷गाउँपालिकाले पनि यसबारे चासो बढाउन थालेका छन् ।

यसैबीच जिल्लाको बर्दिवास–३ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाले आफ्नै प्रयोगशालामा विज्ञान सङ्कायका १२ कक्षाका विद्यार्थीले बनाएका स्यानिटाइजर, सशस्त्र प्रहरी (सशस्त्र प्रहरी बल, प्रदेश नं २ बाहिनी बर्दिवास–४), नेपाल प्रहरी (इलाका प्रहरी कार्यालय बर्दिवास) र सञ्चारकर्मीलाई वितरण गरेको छ । कार्यक्षेत्रको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी, नेपाल प्रहरी र सञ्चारकर्मीलाई शुक्रबार स्यानिटाइजर वितरण गरिएको प्रधानाध्यापक दीपक बरालले जानकारी दिए।

विद्यालयका रसायनशास्त्रका शिक्षक गङ्गाप्रसाद फुँयाल र विज्ञान शिक्षक एवं ल्याब इञ्चार्ज अखलेश यादवको प्रत्यक्ष रेखदेखमा विद्यार्थीले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारका स्यानिटाइजर आफ्नै प्रयोगशालामा बनाउन थालेका छन् । बजारमा स्यानिटाइजरको माग बढेकै बीच विद्यार्थीले यो तयार गरेपछि निकै राहत भएको बर्दिवास–३ का वडाध्यक्ष राजन ढुङ्गानाको भनाइ छ ।गोपालप्रसाद बराल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x