कोरोना संक्रमणबाट तपाईंको ट्वाइलेट कति सुरक्षित ?

शहरको बसाइमा धेरैजसो एउटा वा दुईवटा कोठा लिएर बस्नुपर्ने बाध्यता धेरैलाई छ।

कोठा भाडामा लगाउन बनेका घरहरूमा एउटा तल्लामा एउटा मात्र ट्वाइलेट हुन्छ। त्यो ट्वाइलेट ५-६ परिवारले शेयर गर्नुपर्ने हुन्छ।


Advertisement

अरु कोठामा बस्ने व्यक्तिहरू कहाँ जान्छन् ? को को लाई भेट्छन ? को को पाहुना आउछन् ? एकअर्को कोठामा बस्ने व्यक्तिलाई थाहा नहुन सक्छ।

पुराना घर तथा भाडा लगाउन बनाएका घरमा ट्वाइलेट भर्यांगमुनी वा अँध्यारो ठाउँमा राख्ने प्रचलन छ। त्यो चिसो, ओसिलो तथा बाल्टिन र मगजस्ता प्लास्टिकका भाँडा, फोहोर फलामका धारा, फलामको चुकुल आदि कोरोना भाइरस धेरै दिन रहनको लागि अनुकुल हुन्छन्। यस्तो ठाउँमा कोहि संक्रमित व्यक्तिले ट्वाइलेट प्रयोग गर्यो भने त्यो तलामा रहेका सबैलाई सर्ने सम्भावना हुन्छ।


Advertisement

यो जोखिमबाट बच्नको लागि हरेक तलामा बस्ने व्यक्तिहरू जिम्मेवार हुनुपर्छ। दिनमा न्युनतम ३ पटक ट्वाइलेट रुमका ढोका, कब्जा, साँचो, चुकुल, धारो, बाल्टिन, माग आदिलाई स्प्रिट वा ६० % भन्दा बढी अल्कोहल भएको झोलले राम्रोसंग सफा गर्नुपर्छ।

ट्वाइलेटभित्रको भुइँलाई साबुनपानी वा फिनेलले घोटिघोटी सफा गर्ने, सुख्खा राख्ने तथा झ्याल / भेन्टिलेटर खोलेर हावा खेल्ने बाताबरण बनाउनुपर्छ। आफुले ट्वाइलेट प्रयोग गरेपछि प्रशस्त पानी हाल्ने त्यसपछि सफा गरेर फिनेल राख्नुपर्छ।

यो काम सुरमा झन्झटिलो लागेपनि सबैले पालोपालो गर्ने हो भने सजिलो हुन्छ। ट्वाइलेटलाई वासरुम तथा रेस्ट रुम बनाउन हरेक व्यक्तिले सरसफाइमा ख्याल गर्नुपर्छ। अन्यथा यो सानो कुराले ठूलो समस्या निम्त्याउने डर रहन्छ।

जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डे

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्