×

NMB BANK
NIC ASIA

'लक–डाउन' उल्लंघन गर्दै हिँड्ने ३०० जना दिनभर प्रहरीको नियन्त्रणमा

चैत १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारको ‘लक–डाउन’ आदेशको अवज्ञा गर्नेहरूलाई कास्की प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

लक–डाउनको पाँचौं दिन शनिवार पोखराका विभिन्न भागबाट ३०० जना सर्वसाधारणलाई पक्राउ गरिएको थियो । पक्राउ गरिएकालाई पोखरा रंगशालामा करीब २–३ बजेसम्म राखेर साँझ मात्र छोडिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले भने, ‘कोरोनाले नेपालको अवस्था समेत भयावह हुन सक्ने सम्भावना रहेकोमा लक–डाउनको अवज्ञा गर्दै निष्फिक्री घुम्ने राष्ट्रघातीहरूलाई पक्राउ गरिएको हो ।’


Advertisment
Nabil box
Kumari

केसीका अनुसार पोखरामा दिउँसोदेखि शहरका ठाउँठाउँमा जम्मा भएका तथा अत्यावश्यक कामबाहेक निष्फिक्री घुम्नेहरूलाई पक्राउ गरी रंगशाला लगिएकोमा केहीबेरअघि सम्झाइबुझाई छाडिएको हो । यसरी पक्राउ पर्नेहरू महिला–पुरुष गरी करीब ३०० जना थिए । 

Vianet communication
Laxmi Bank

सरकारले ७ दिनका लागि घोषणा गरेको लक–डाउन अझै २ दिन बाँकी छ । बाँकी अवधिमा पनि सोको अवज्ञा गरेको दोहोरिए उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसूर समेत लगाउन सकिने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको रेकर्ड समेत सुरक्षित राखिएको जनाइएको छ । 

लक–डाउनको मर्म नबुझी उल्लंघन गर्दै हिँड्नेलाई समातिएको र कोरोना भाइरसविरुद्ध सचेतना समेत गराइएको प्रहरीले बतायो । रंगशालाको भलिबल प्रशिक्षण केन्द्र र बास्केटबल कोर्टभित्र थुनिएका उनीहरूलाई त्यहाँ राख्दा भने सामाजिक दूरी कायम गरिएको थियो । 

पोखरा रंगशालामा अहिले खेलकुद गतिविधि समेत नभएको र स्थानसमेत ठूलो रहेकोले रंगशाला सुरक्षित ठानी त्यहाँ लगिएको प्रहरीले जनायो । चर्को घामबीच रंगशालामा राखिएकाहरूलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङको पहलमा मदन भण्डारी स्पोर्टस् एकेडेमीको तर्फबाट पिउनेपानी उपलब्ध गराइएको थियो । 

एउटै गाडीमा कोचाकोच

लक–डाउन अवज्ञा गरेको भनी प्रहरीले एकैपटक ४०–५० मानिसलाई एउटै गाडीमा कोचिएको थियो । कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले राष्ट्रविरोधीलाई जति कारबाही गरेपनि कम नहुने जिकिर गर्दै आगामी दिनमा विचार गरिने बताए ।

रंगशालामा थुनिएकाहरूलाई प्रहरी उपरीक्षक कार्की स्वयंले सचेतना गराउँदै कोरोना भाइरस कसरी सर्छ, यस्तो बेलामा घरभित्र किन बस्ने लगायतबारे ब्रिफिङ गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x