कर्णाली प्रदेश अस्पतालमा ५० शय्याको आइसोलेशन वार्ड तयार

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा ५० शय्याको आइसोलेशन तयार गरिएको छ। कोभिड १९  संक्रमितको उपचारका लागि अस्पतालले आइसोलेशन कक्ष तयारी अवस्थामा राखेको हो। 

कर्णाली प्रदेश सरकारको बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश अस्पतालसहित तीन अस्पतालमा आइसोलेशन वार्डसहित अन्य आवश्यक सामग्री व्यवस्थापन गर्न दुई करोड ५० लाख बजेट दिने निर्णय गरेको थियो। बैठकले प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई  एक एक करोड र रुकुम (पश्चिम) स्थित चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख बजेट दिने निर्णय गरेको थियो। उक्त बजेट आइतबारसम्म पठाउने सरकारको तयारी छ। 


Advertisement

प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले ५० शय्याको आइसोलेशन वार्ड तयारी अवस्थामा रहेको जानकारी दिए। उनका अनुसार एक परियोजना र प्रदेश सरकारको बजेटले कम्तीमा २०० शय्याको आइसोलेशन वार्ड तयार गरिनेछ । उनले शय्या विस्तारसंँगै जनशक्ति थप गर्न आवश्यक रहेको बताए।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्