ज्यालादारी वर्गका लागि राहत प्याकेज घोषणा नभएपछि बाबुरामकाे टिप्पणी-अधम सरकार !

कोरोना भाइरस रोकथामका लागि सरकारले गत मंगलबारदेखि एक साता लकडाउन घोषणा गरिसकेको छ। मुलुकमा कोरोना संक्रमितको संख्या ५ पुगेको र भारतले हालै मात्र २१ दिन लकडाउन घोषणा गरेका बेला नेपालमा पनि लम्बिने आकलन गरिएको छ।

यो लकडाउनमा सबैभन्दा बढी असर ज्यालादारी गरेर गुजारा चलाउने वर्गमा परेकाे छ। त्यसमा पनि सहरमा डेरा गरी बस्ने र मजदुरी गरेर छाक टार्ने वर्ग प्रताडित छ। मुलुक ठप्प नै रहेका बेला उनीहरुलाई छाकटार्न समस्या भइरहेको खबर आइरहेका छन्।


Advertisement

पूर्वप्रधानमन्त्रीहरु र विज्ञहरुले पनि यो समूहलाई लक्षित गरेर राहत प्याकेज घोषणाको माग गरिरहेका छन्। तीमध्येका एक हुन्, समाजवादी पार्टीका संघीय अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई। 

उनले गत बिहीबार मात्र ज्यालादारीमा गुजारा गर्ने र अशक्तका लागि आर्थिक प्याकेज ल्याउन सरकारलाई सुझाव दिएका थिए।


Advertisement

यो विषयमा अर्थमन्त्रालयमा छलफल भइरहेको खबर रहेपनि सरकारबाट औपचारिक धारणा सार्वजनिक भइसकेको छैन।यो अवस्थामा भट्टराईले सरकारप्रति कडा टिप्पणी गरेका छन्।

शनिबार राति ट्वीट गर्दै उनले ‘दिनहुँ ज्यालामजदूरी नगरे साँझबिहान हातमुख जोर्न नसक्ने लाखौं मान्छेलाई लकडाउनको बेला राहत दिनुपर्यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो,’  भनेर प्रश्न गरेका छन्।
 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्