लककडाउन निर्णय पालना गर्न कांग्रेसको अनुरोध

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयले प्रदेशवासीलाई पूर्णरुपमा सरकारी निर्णयको पालना गर्न अनुरोध गरेको छ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको ‘लकडाउन’ को पालना गर्न सम्पूर्ण प्रदेशवासीमा अनुरोध गरिएको नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलका नेता डा रणबहादुर रावलद्धारा शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
    
यस संवेदनशिल घडीमा सबैले सुरक्षित रहन सहकार्य र समन्वयलाई निरन्तरता दिनहुन सम्पूर्ण राजनीतिक दल, स्थानीय प्रशासन र राष्ट्रसेवक, सुरक्षाकर्मी, नेपाल रेडक्रस सोसाईटी, व्यापारीलगायतका सामाजिक संघसंस्थासँग हार्दिक अपिल गरिएको छ।


Advertisement

साथै दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल बिशेष राहत प्याकेज, न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा, शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढङ्गले राहत पुग्ने गरेर योजना र कार्यक्रम तत्काल निर्माण गर्न प्रदेश सरकारसँग विज्ञप्तिमा माग गरिएको छ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्