×

NMB BANK
NIC ASIA

लकडाउनका कारण हिँड्दै ३०० किलोमिटर परको घर जाने व्यक्तिको बाटैमा मृत्यु

चैत १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको राजधानी दिल्लीमा रेस्टुराँमा काम गर्ने ३८ वर्षीय एक व्यक्ति ३०० किलोमिटर टाढा रहेको घर पैदलै जाने क्रममा बाटैमा बितेका छन् । शनिवार बिहान दिल्ली–आगरा राजमार्गमा उनको मृत्यु भएको हो । 

Muktinath Bank

रणवीर सिंह नामक ती व्यक्ति मध्य प्रदेशको मोरेना जिल्लामा रहेको एक दुर्गम गाउँमा बस्ने गर्थे । घर पुग्नुभन्दा १०० किलोमिटर वरै उनको मृत्यु भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले छाती दुख्यो भनेको अनि अलिक पर गएर ढलेको रणवीरसँग रहेका दुई पुरुषले प्रहरीलाई बताए ।


Advertisment
Nabil box
Kumari

बन्दाबन्दीको घोषणापछि भारतमा एक लाखभन्दा बढी आप्रवासी कामदारहरू कामविहीन भई खाना र छानाका लागि आआफ्नो गाउँ फर्किरहेका छन् । त्यसरी फर्किने क्रममा भएको मृत्युको यो पहिलो घटना हो । 

Vianet communication
Laxmi Bank

रणवीर पनि रोजीरोटी गुमेपछि पैदलै हिँडेर घर जाँदै थिए । 

दक्षिणी दिल्लीमा रहेको तुगलकाबादमा रणवीर सिंह काम गर्ने रेस्टुराँ थियो अनि लकडाउनपछि त्यो बन्द भयो । 

बस तथा ट्रेनहरू बन्द गरिएपछि रणवीर हिँडेरै घर जान बाध्य भएका थिए । उनी ३०० किलोमिटर पर रहेको घर जान पैदलै हिँडेका थिए । 

रणवीर ढलेपछि एक स्थानीय पसले आए अनि उनलाई चिया र बिस्कुट दिए । 

प्रहरी घटनास्थलमा पुग्दा रणवीरको मृत्यु भइसकेको थियो । उनको शरीर पोस्टमोर्टमका लागि पठाइएको थियो ।

अटोप्सी गर्दा उनको मृत्यु हृदयघातका कारण भएको पत्ता लाग्यो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x