×

NMB BANK
NIC ASIA

लकडाउनको असर : भोकै बस्नु पर्दा स्वयम्भुका कुकुर र बादर आक्रामक

चैत १६, २०७६

NTC
Sarbottam
काठमाडौंको स्वयम्भूका बादरलाई खाने कुरा दिँदै एक पुजारी । तस्वीर : प्रदीपराज वन्त/रासस
Premier Steels
Marvel

“यी बाँदर र कुकुर बोल्न सक्दैनन् । यिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएर खान्थे । लकडाउनपछि यी भोकै छन् । यिनको केही व्यवस्थापन गरिदिए कस्तो राम्रो हुन्थ्यो”, स्वयम्भूनाथ परिसरमा भेटिएका खुद्रा व्यापारी ईश्वर बस्नेतको भनाइ हो यो । मन्दिर व्यवस्थापन समिति र पुजारीले साँझ बिहान सामान्य खानेकुरा दिए पनि यी जनावर लामो समयदेखि भोकै छन्, यिनको व्यवस्थापन कसरी गर्ने होला, ती व्यवसायीको आँखामा चिन्ता मिश्रित चासो देखिन्थ्यो । 

Muktinath Bank

    कोरोनाको त्रासका कारण सरकारले साताव्यापी लकडाउन गरेको छ । विषम् अवस्थालाई ध्यानमा राखेर सरकारले नागरिकलाई दैनिक उपभोग्य वस्तुको जोहोसमेत गरिरहेको छ । त्यसका लागि आवश्यक संयन्त्रसमेत क्रियाशील छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    धादिङ सल्यानटार स्थायी घर भएका बस्नेत आफूहरुसँग पनि खानेकुरा सकिन लागेको र केही गर्ने अवस्था नरहेको गुनासो गर्छन ।  मानिसका नजिकका मित्र मानिएका घरपालुवा पशु, मन्दिर परिसरमा रहेका कुुकुर, बाँदर तथा अन्य चौपाया भने लकडाउनको समयमा भोकभोकै रहेका छन् । मानवीय चहलपहल कम भएपछि ती पशु तथा चौपाया भोकै बस्दा उनीहरु थप आक्रामक हुने र नजिकका घर तथा बस्तीमा समेत प्रवेश गर्ने सम्भावना बढेर गएको छ । 


Advertisment
Nabil box
Kumari

    उनीहरुको व्यवस्थापन गर्दै भोक मेटाउनेतर्फ विशेष ध्यान दिनुपर्ने अवस्था देखिएको छ । स्वयमम्भूनाथ मन्दिर परिसरमा स्थानीय पुजारीले साँझ तथा बिहान दुई पटक त्यहाँ रहेका पशु चौपायालाई सामान्य खानेकुरा दिए पनि उनीहरु भोकै पर्दा थप आक्रामक हुने सम्भावना रहेको स्वयम्भूनाथ चैत्यका पुजारी प्रकाश बुद्धाचार्यको भनाइ छ । 

Vianet communication
Laxmi Bank

    बुद्धाचार्यले भने, “भएसम्म हामीले बिहान बेलुका बाँदर र कुकुरलाई थोरैथोरै खानेकुरा त दिएका छौँ । यिनीहरु लामो समयदेखि भोकै छन् । थप व्यवस्थापनको जरुरी छ ।” बाँदरलाई भुटेको कालो भटमास दिने गरेको बताउँदै पुजारी बुद्धाचार्यले खान नपाउँदा यहाँका कुकुर आक्रमक हुन थालेको र कोही देख्ने बित्तिकै झम्टन थालेको जानकारी दिए । 

    स्वयम्भूनाथ परिसरमा एकाध मान्छे मात्रै छन् । उनीहरुसँग पनि आफूलाई पुग्ने मात्रै खाद्यान्न छ । त्यसकारण, उनीहरुलाई खान दिने सामग्रीसमेत छैन । “५९ वर्षीय बुद्धाचार्यले भने, “भएसम्म त दिने न हो, आफूलाई नै नभएपछि कसरी खुवाउने जनावरलाई ?” स्वयम्भूनाथको व्यवस्थापन गर्दै आएको स्वयम्भूनाथ व्यवस्थापन तथा संरक्षण महासमितिले पनि हेरिदिनुपर्ने बुद्धाचार्यको भनाइ छ । पुजारीले केही दिएर मात्रै हुने अवस्था नभएकाले सरकार तथा स्थानीय निकायलेसमेत सहयोग गर्नुपर्ने उनको भनाइ छ । 

    लकडाउनका कारण स्वयम्भूनाथ क्षेत्रमा भइरहेको पुनःनिर्माणको कामसमेत रोकिएको छ । बुद्धाचार्यका अनुसार स्वयम्भूनाथ क्षेत्र लकडाउनपछि सुनसान छ । पुजारीका घरमा मात्रै एकाध मान्छे बसेका छन् । छिमेकी देश भारतमा समेत लकडाउनको समयमा पशु, चौपायाको खानपानको व्यवस्था गर्न माग गरिएको छ । एकाध कलाकारले त्यसको नेतृत्व गरेका छन् । उनीहरुले मानवीय सेवासँगै पशु चौपायाको समेत ख्याल गर्न आग्रह गरेका छन् । नेपालमा भने हालसम्म त्यस्तो कुनै पहल भएको छैन । सरकारले समेत पशुचौपायाको सम्बन्धमा सोच विचार राखेको जानकारी आएको छैन । 

    स्वयंसेवीले भने सामान्य प्रयास थालेका छन् । मानवमित्रका रुपमा रहेको पशुचौपायालाई खाना खुवाउन पहल भएको पशुपक्षीप्रति निरङ्कुशता रोकावट समाज नेपालका प्रतिनिधि बीना पन्तले जानकारी दिइन । काठमाडौँ उपत्यकालगायत विशेष गरी शहरी क्षेत्रका मासु पसल नजिक कुकुर रहन्थे भने तरकारी तथा फलफूल पसल अघिल्तिर गाईबस्तु तथा चौपाया रहने गर्र्थे । लकडाउन पछि ती सबै पसल बन्द भएका छन् । 

    एनिमल नेपाल, प्रोजेक्ट ह्यूमन नेपाललगायतका संस्थाले केही पहल गरे पनि पुग्दो हुन सकेको छैन । पन्तले भनिन, “हामीले काठमाडौँ उपत्यकालाई विभिन्न क्षेत्रमा बाँडेर पशु चौपायालाई खाना खुवाउने व्यवस्था गरेका छौँ । दैनिक एकपटक खुवाउने कि, एक दिन बिराएर खुवाउने भन्ने विषयमा भने लकडाउनको अवधि हेरेर निर्णय गर्छौं ।”

    पशुपतिनाथ मन्दिर परिसरमा रहेका बाँदर तथा चौपायाका लागि सम्बन्धित निकायले नै पशुचौपायालाई खुवाउने प्रबन्ध गरेको छ । यस्तै स्वयम्भूनाथ क्षेत्र तथा राधजानीका अन्य क्षेत्रमा पनि आवश्यक व्यवस्था मिलाउने प्रयास भइरहेको पन्तको भनाइ छ । लकडाउनको समयमा आफू पनि बँच्ने र पशु चौपायालाई पनि बचाउन सबैले सक्दो सहयोग गर्न पन्तले आग्रह गरिन । 

    व्यवसायी कल्याण भण्डारी ललितपुरको सैबुमा गाई फार्म सञ्चालन गर्छन । लकडाउनका कारण गाईलाई घाँस पुर्‍याउन नसक्दा विगत पाँच दिनदेखि गाई भोकै रहेको र फार्ममा रहेका केही घाँसले मात्रै उनीहरुलाई जेनतेन धानेको उनको भनाइ छ । 

    विश्व हिन्दू महासङ्घ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिसकेको छ । महासङ्घले मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।     छिट्टै आहारको व्यवस्था नगरे सांस्कृतिकरूपमा गौमाताका रूपमा पूजिने गाई बचाउन मुस्किल हुने भएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराइएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेको भनाइ छ । गाई फार्मका सञ्चालकसँग समन्वय गरी तत्काल आहार जुटाउने प्रबन्ध गरी गाईको प्राण रक्षा गर्न महासङ्घले माग गरेको छ । –रमेश लम्साल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x