विदेशमा रहेका विद्यार्थीलाई अभिभावकले राष्ट्र बैंकमार्फत पैसा पठाउन पाउने

सरकारले विदेशमा रहेका विद्यार्थीलाई आफू रहेकै देशमा नै सुरक्षित रहहन आग्रह गरेको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले हालको विषम् अवस्थामा विद्यार्थी जुन स्थानमा छन्, त्यहीँ सुरक्षित रहन आग्रह गर्ने निर्णय गरेको छ।


Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार विद्यार्थीलाई आवश्यक पर्ने खर्च नेपाल राष्ट्र बैंकमार्फत अभिभावकले पाठाउन सक्नेछन्। 
अवस्था सामान्य भएपछि मात्रै ती विद्यार्थीलाई नेपाल फर्कने सक्ने गरी निर्णय गरिएको उनले जनाए।

त्यस्तै, भारतबाट नेपाल आएर सीमामा अलपत्र परेका नेपाली नागरिकलाई परिचयपत्र हेरेर नेपाल आउन दिने निर्णय भएको छ। भारतका सुरक्षाकर्मीले नेपाल पठाएको, तर नेपाल प्रवेश गर्न नपाएका नागरिकलाई परिचयपत्र हेरेर, तोकिएको समयसम्म क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित प्रवेशको अनुमति दिइएको छ । 


Advertisement

केही नेपाली नागरिक अझै पनि प्रवेश पाउने प्रतिक्षामा दशगजा क्षेत्रमा अलपत्र रहेका छन् । ती नेपाली नागरिकलाई प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा नजिकको क्वारेन्टाइनमा बस्ने प्रबन्ध गर्नसमेत समितिले आग्रह गरेको छ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्