चीनबाट आयातित कोरोना परीक्षण गर्ने मेशिन चार प्रदेशलाई

 चीनबाट आयात भएका कोरोना परीक्षण गर्ने मेशिन विभिन्न चार प्रदेशलाई प्रदान गरिने भएको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले आवश्यकताका आधारमा प्रदेश २, प्रदेश ५, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिममा एक÷एक थान पीसीआर मेशिन उपलब्ध गराउने निर्णय गरेको हो।


Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बाँकी रहेको एक थान मेशिन भने काठमाडौँमा नै राखिने बताए। आवश्यकताको आधारमा सो मेशिन उपलब्ध गराइनेछ । धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण शुरु भइसकेकाले तत्काल उपलब्ध गराइएको छैन । यस्तै एक एक हजार थान पीपीआईसहित, अन्य उपकरण र औषधि उपलब्ध गराइनेछ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्