निजी अस्पतालले ज्वरोका विरामी फिर्ता पठाउन थालेपछि सरकारको चेतावनी-कडा कदम चाल्न नपराेस्

कतिपय निजी अस्पतालले ज्वरो र रुघाखोकीका विरामीलाई भर्ना नलिइ फर्काइ दिएपछि सरकारले ‘कडा कदम चाल्न नपरोस्’ भनेर चेतावनी दिएको छ।

आइतबार मिडिया ब्रिफिङमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा विकास देवकोटाले सरकारी, गैरसकारी सबै अस्पतालले संक्रमणकालीन अवस्थामा मिलेर नगए सरकारले आवश्यक कदम चाल्ने बताएका हुन्।  ‘सबै अस्पतालले मिलेर काम गर्नुपर्छ, दायित्व पूरा गर्नुपर्ने छ।  संक्रमणकालीन अवस्थामा कडा कदम चाल्न नपरोस्। त्यसैले उपचारका लागि आएका बिरामी नफर्काउनुस्।’


Advertisement

स्वास्थ्य मन्त्रालयले तोकेको प्रोटोकल अनुसार उपचार गर्न आग्रह गरिएको छ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्