×

NMB BANK
NIC ASIA

स्पेनमा संकटको बेलामा व्यापक कालोबजारी

चैत १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्पेनको राजधानी मड्रिडमा औषधिपसल चलाउने अर्नेस्टो रुइज लोपेजले अहिलेको जस्तो स्थिति कहिले पनि नदेखेको बताए । उनले नियमित आपूर्ति गर्नेहरूबाट सुरक्षा मास्क, पञ्जा वा ह्यान्ड स्यानिटाइजर पाउने गरेका छैनन् किनकि उनीहरूले त्यसको चर्को मूल्य तिर्न सक्दैनन् ।

Sagarmatha Cement
Muktinath Bank

अनि उनी बिचौलिया बिक्रेताहरूबाट पनि चिन्तित छन् । ती ‘डाँकाहरू’ले कोरोनाभाइरस महाव्याधिका बेलामा भएका अभावबाट फाइदा उठाउन खोजेको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्पेन कोरोनाबाट सबभन्दा बढी आक्रान्त मुलुकमध्ये एक हो र त्यहाँ पाँच हजारभन्दा बढी बितिसकेको जोन हप्किन्स विश्वविद्यालयको आँकडाले देखाएको छ । मानिसहरूलाई घरबाहिर निस्कन नदिने गरी बन्दाबन्दी थप दुई हप्ता बढाइएको छ । अधिकारीहरूले अत्यन्तमा दबाबमा परेको स्वास्थ्य सेवाका लागि पर्याप्त सुरक्षा उपकरणको जोहो गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

हालैका दिनमा केही सामानको मूल्य घटेको किनकि प्रहरीले कालोबजारी गर्ने कम्पनी र व्यक्तिहरूमाथि कारवाही चलाएको रुइज लोपेज बताउँछन् । प्रहरीले गरेको बरामदको भिडियो आफ्नो सामाजिक सञ्जालमा राख्ने गरेको छ । त्यसले गर्दा केही वितरकहरूले आफ्ना सामान छिटछिटो बिकाउने गरेका छन्, रुइज लोपेजले बताए । 

Vianet communication
Laxmi Bank

धेरै देशमा झैं स्पेनमा पनि मास्क तथा पञ्जाको तस्करी र अवैध बिक्रीलाई नियन्त्रण गर्नु सरकारको चुनौती हो । अनि भाइरसको उपचार गर्न सक्ने औषधि भनी दाबी गर्ने वेबसाइटले गर्ने क्षतिलाई न्यूनीकरण गर्न पनि उसले प्रयास गरिरहेको छ । 

अघिल्लो साता स्पेनको सैन्य प्रहरीले लगभग ६९ हजार मासक र पाँच हजारभन्दा बढी पञ्जाहरू विमानस्थल तथा जहाज अड्याउने ठाउँहरूबाट बरामद गरेको घोषणा गरेको थियो । तीमध्ये केही उपकरण अन्लाइन लिलामी गरिँदैछ । राजधानी मड्रिडमा मात्रै लगभग ४४ हजार मास्कहरू बरामद गरिएका छन् । 

अनि कमसल वा फर्जी उत्पादनहरू पनि बिकिरहेका छन् जसले सम्भावित रोगीहरूको स्वास्थ्यस्थिति झनै बिगार्ने देखिन्छ । युरोपभरि यो समस्या विद्यमान छ । 

इटलीको वित्तीय प्रहरीले पनि व्यापारिक ठगी र कृत्रिम मूल्यवृद्धिका अभ्यासको पहिचान गर्न थालेको छ । शुक्रवार प्रहरीले पियाना शहरमा छापा मारेर कोरोनाभाइरसको पहिचान गर्ने ९०० वटा किट बरामद गरेको थियो । ती किटमा राष्ट्रिय वा युरोपेली प्रमाणपत्र थिएन र तिनलाई अवैध रूपमा अन्लाइनमा बिक्रीका लागि राखिएको थियो । 

बिहीवार स्पेनिस एजेन्सी फर मेडिकेसन यान्ड हेल्थ प्रोडक्ट्सले अवैध वेबसाइटबाट किनिएका फर्जी औषधिको विषयमा चेतावनी जारी गरेको थियो । फर्जी औषधिले स्वास्थ्यमा गम्भीर जोखिम पार्ने किनकि तिनमा भएका हानिकारक तत्त्वले रोग झनै चर्काउन सक्ने उक्त संस्थाको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x