भारतमा २१ दिनपछि लकडाउन समय नबढाइने

भारतको केन्द्र सरकारले कोरोनाभाइरसका कारण देशभरि २१ दिनका लागि लगाइएको लकडाउन (बन्दाबन्दी) को समय नबढाइने स्पष्ट पारेको छ । बन्दाबन्दी बढाइन सक्ने चर्चा चलेको बेलामा सरकारको स्पष्टोक्ति आएको हो । 

क्याबिनेट सेक्रेटरी राजीव गौबाले बन्दाबन्दी बढाउने सरकारको योजना नरहेको सोमवार स्पष्ट पारे । उनले भने, ‘लकडाउन बढाइने भनी आएको समाचार पढेर म छक्क परें । सरकारले यस्तो कुनै पनि योजना बनाएको छैन ।’


Advertisement

भारतमा कोरोना रोगीको संख्या बढेपछि सरकारले बन्दाबन्दीको समय बढाउने अनुमान गर्न थालिएको थियो । अहिलेसम्म भारतमा कोरोनाका कारण २७ जनाको मृत्यु भइसकेको छ । 

सामाजिक दूरी कायम राखेमा भाइरस संक्रमण रोकिने भन्दै भारत सरकारले बन्दाबन्दीको घोषणा गरेको हो । यसलाई कडीकडाउका साथ लागू गर्न केन्द्र सरकारले राज्य सरकारहरूलाई आदेश दिएको छ । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्