×

NMB BANK
NIC ASIA

‘नानीको स्वास्थ्य ख्याल गर्नू, हाम्लाई ठीकै छ'

चैत १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ पुष्टि भएकी बागलुङकी युवतीका घरमा आईतवार बिहान परिवारका सबै सदस्य व्यस्त थिए ।  युवतीकी फुपू बाहिर ड्रमबाट पानी झिक्दै हुनुहन्थ्यो । हजुरबा, हजुरआमा, बाबा र फुपूका छोराछोरी घरभित्रै थिए ।

Sagarmatha Cement
Muktinath Bank

उनका छिमेकी आआफ्ना काममा व्यस्त थिए । कोही खेतमा काम गर्दै थिए त कोही छतमा घाम तापेर बस्दै थिए । बाहिर मिडिया र सामाजिक सञ्जालमा आएजस्तो कुनै त्रास त्यहाँ थिएन । सबै आफ्नै धुनमा व्यस्त देखिन्थे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकैछिनमा नगरपालिकाले पठाएको दमकल पुग्यो । युवतीमा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि छापा गाउँ बढी प्रभावित भन्दै दमकल कीटनाशक औषधि भरेर त्यहाँ पुगेको थियो । दमकल पुग्दा सबैले ‘पहिला प्रभावित घरलाई सुरक्षित बनाउनुपर्छ’ भन्दै त्यहाँ पुगेका स्वास्थ्यकर्मी दिनेश जिसीलाई सल्लाह दिए । जिसी बागलुङ नगरपालिकाका हेल्थ असिस्टेन्ट तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम टिमका ’फोकल पर्सन’ पनि हुन्।


Advertisment
Nabil box
Kumari

आफ्ना तीन सहकर्मीसहित त्यहाँ पुग्नुभएका स्वास्थ्यकर्मी जिसीले छिमेकीको सल्लाह माने। फुपूलाई भित्र बस्न भने र चोकमा दमकल राखेर संक्रमित युवती बसेको घरसहित वरपर कीटनाशक औषधि छर्किन लगाए। छिमेकी घरको छतमा बसेर दमकलबाट निस्केको ‘डिस्इन्फेक्सन स्प्रे’को फोहरा रमाइलो मानेर हेरिरहेका थिए । एकैछिनमा जिसीले माइकबाट छिमेकीसहित सबैैलाई भित्र बस्न अनुरोध गरे। उनी भन्दै थिए, ‘हामी तपाईँहरुको सुरक्षा लागि काम गरिरहेका छाँै ,हजुरहरु घरभित्रै वसेर सहयोग गर्नुहोस् ।’ 

Vianet communication
Laxmi Bank

दमकलले संक्रमितको घर मात्रै होइन, छापा गाउँभरी तीन हजार लिटर ‘डिस्इन्फेक्सन स्प्रे’ क्षणभरमा छर्केर सक्यो । स्थानीय अगुवा सोकेन्द्र थापा, जगन्नाथ सापकोटालगायतले त्यसको अगुवाइ गरे। प्रहरी बिटका प्रमुख कमल बस्याल पनि दमकल टोलीलाई सहयोग गर्न साथमै थिए। 

दमकमलले स्प्रे सकेपछि सेल्फ क्वारेन्टाइनमा रहेर दूरी कायम गर्दै जम्मा भएका स्थानीयवासीले एकै स्वरमा भने, ‘पहिला त नानीको स्वास्थ्य राम्रो होस्, हाम्रो यही कामना छ ।’ उनीहरुले थप्दै गए, ‘त्यसपछि परिवार सुरक्षित हुनुपर्‍यो । हामी त आफैँ पनि ध्यान दिइरहेका छौँ ।’ उनीहरुमा त्रासभन्दा पनि बढी युवती र उनका परिवारलाई केही भइहाल्छ कि भन्नेमा बढी चिन्ता थियो । युवतीका परिवार सबै सामान्य अवस्थामा नै थिए, न रुघाखोकी लागेको थियो, न त श्वासप्रश्वासमा कुनै समस्या नै । अहिलेसम्म परिवारका कुनै पनि सदस्यलाई ज्वरो पनि नआएको युवतीकी फुपूले बताए । 

त्यहाँ कसैमा पनि कुनै चिन्ता देखिएन, सबै आआफँै सुरक्षित भएर काम गरिरहेका थिए । खेतबारीमा काममा नगएकाहरु भने परिवारसँगै लकडाउनलाई पालना गरिरहेका थिए । ‘हामी सेल्फ क्वारेन्टाइनमा छाैं, अगुवा सोकेन्द्र भन्दै हुनुहुन्थ्यो, चिन्ता गर्नुपर्ने केही छैन । बाहिर मिडियामा आएजस्तो बिग्रेको पनि केही छैन ।’ त्यतिबेला फोकलपर्सन जिसी भने लकडाउनलाई पालना गरेर मात्रै कोरोना भाइरसको संक्रमणलाई जित्न सकिने कुरा सम्झाउँदै थिए स्थानीयवासीलाई । सिंगो कुडुँलेभर नै डिस्इन्फेक्सन स्प्रे छर्केर सुरक्षाको अनुभूति दिन स्थानीयवासीले माग गरे । छिमेकी रीता शर्माले भनिन्, ‘पहिला नानीको स्वास्थ्यको ख्याल गर्नुहोस्, अनि हामीलाई सुरक्षित बनाउनुहोस् ।’तारानाथ आचार्य,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x