अस्पतालमा छैन सघन उपचार कक्ष

गण्डकी प्रदेशअन्तर्गत लमजुङस्थित बेँसीशहर नगरपालिका ८ मा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा सघन उपचार कक्ष छैन ।

अस्पतालमा आएका बिरामीमध्ये आइसियुमा बस्नुपर्ने अवस्थामा  काठमाडौँ, पोखरा, चितवनलगायत विभिन्न स्थानमा सिफारिश गरिँदै आइएको छ ।


Advertisement

अस्पतालमा आइसियु नभएका कारण प्रत्येक महिना तीनचार जनाको रिफर हुँदै आएको अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले बताए ।

आइसियु अस्पतालमा आवश्यक भए पनि हालसम्म कतै पहल नभएको र अस्पतालले पनि सञ्चालनमा नल्याएको उनको भनाइ छ । 


Advertisement

कोरोना महामारीका बेलामा  अस्पतालमा आइसियुको आवश्यकता हुने भए पनि हालसम्म उक्त सुविधा हुन नसकेको अस्पतालले जनाएको छ । विगतमा संघीय सरकारबाट परिचालन भए पनि केही वर्षदेखि सो अस्पताल गण्डकी प्रदेश सरकारको मातहतमा रहँदै आएको छ । 

कमेन्ट गर्नुहोस्