कोरोनाविरुद्धको कोषमा कर्मचारी सञ्चय कोषले जम्मा गर्‍यो २ करोड

विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले खडा गरेको 'कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा कर्मचारी सञ्चय कोषले २ करोड सहयोगस्वरूप उपलब्ध गराएको छ ।

सञ्जय कोषका सह–प्रशासक राजेन्द्र काफ्लेले विज्ञप्तिमार्फत उक्त जानकारी गराएका हुन् ।


Advertisement

'विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले खडा गरेको 'कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा कर्मचारी सञ्चय कोषको तर्फबाट सहयोग स्वरूप २ करोड रुपैयाँ जम्मा गरिएको व्यहोरा जानकारी गराइन्छ,' विज्ञप्तिमा भनिएको छ ।

कोषमा यसअघि राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि मन्त्री र सांसदहरूसम्मले रकम जम्मा गरिसकेका छन् ।


Advertisement

हेर्नुहोस्, विज्ञप्ति :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्