कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
दैलेखको आठबीस नगरपालिका–१ सात्तालाका देउमले कामीका भाइ पहरे कामीको भारतको महाराष्ट्रमा गत २३ मार्चमा निधन भयो ।
मृतक पहरेका ३ दाइभाइ देउमले, हर्क र प्रेम कामी उत्तराखण्डको हल्द्वानीमा काम गर्थे । भाइको मृत्युपछि कामी परिवारले हल्द्वानीमा नै काजकिरिया गर्न खोजे तर भारतीयले स्वदेश नै जान दबाब दिए ।
‘भारत सरकारले लक–डाउन गरिसकेको थियो । त्यहाँ हाम्रा धेरै आफन्त भएका कारण राति कुर्न आउने चलन भएका कारण भीड बढ्न थाल्यो,’ मृतकका दाइ देउमलले भने, ‘भारतमा कोरोनाको त्रास अत्यन्तै बढी भएको र काजकिरिया समेत गर्न नपाउने अवस्था आएपछि भारत सरकारसँग हारगुहार गरेका थियौं । एम्बुलेन्स रिजर्ब गरेर हामी कञ्चनपुरको गड्डाचौकीसम्म आयौं ।’
गड्डाचौकी पुगेपछि प्रदेश सरकारको पहलमा सुर्खेतको वीरेन्द्रनगरसम्म ल्याइयो । ‘अन्य समयमा ७५० रुपैयाँ प्रतिव्यक्ति भाडा लाग्नेमा १ हजार ५०० रुपैयाँ प्रतिव्यक्ति तिरेर वीरेन्द्रनगर आयौं,’ उनले भने, ‘अहिले हामीलाई वीरेन्द्रनगरको अशोका होटलमा राखिएको छ, खान–बस्न राम्रै छ तर काजकिरिया गर्ने समय बित्दै गएको छ । आज हामीलाई घर फर्कन दिइएन भने घर जानुको कुनै अर्थ छैन । सुमेरु पर्वत बनाएर बासी पिण्ड दिने दिन आजै हो । भाइ बितेको ७ दिन भएको छ । कसैले हामीलाई गाउँ जाने वातावरण मिलाइदिएको भए अत्यन्तै आभारी हुने थियौं ।’
उनका भतिजा पदमसिंह विश्वकर्माले गाउँमा वडाले बनाएको क्वारेन्टाइनमै बसेर भएपनि अंकलको काजकिरिया गर्न चाहेको बताए । ‘हामीलाई थाहा छ कोरोना कति डरलाग्दो रोग हो भन्ने कुरा । हामीले अहिलेसम्म जाँच गराइरहेका छौं । कुनै लक्षण देखिएको पनि छैन,’ उनले भने, ‘मात्र सदगद गर्न पाएको भए हुन्थ्यो । बरु त्यसका लागि गाउँमा रहेको क्वारेन्टाइनमै हामी बस्छौं । कसैलाई छुदैनौं ।’
काजकिरिया गर्न भारतबाट गाउँ फर्किएको टोली सुर्खेतमै अलपत्र परेको छ । कोरोना ‘लकडाउन’का कारण उनीहरू घर जान पाएका छैनन् ।
आठबीस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्यायले कामी परिवारलाई सात्ताला फर्काउन पहल भइरहेको बताए । ‘जिल्ला प्रशासन कार्यालय दैलेखसँग हामीले कुराकानी गरिसकेका छौं । सकेसम्म आजै उहाँलाई यहाँ ल्याउँछौं,’ उनले भने ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले पनि समस्यामा परेका ती चारै जनालाई आठबीसतर्फ पठाउने बताए । ‘यसका लागि आवश्यक पहल भइरहेको छ,’ उनले भने ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...