आजबाट मौसममा पश्चिमी वायुको प्रभाव रहने, के भन्छ महाशाखा ?

आज मंगलवार)बाट देशमा पश्चिमी वायुको प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, अहिले मुलुकको पूर्वी पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य भूभागमा मौसम सफा रहेको छ ।
आज दिउँसो देशको पश्चिमी भूभागमा आँशिक देखि सामान्य बदली र मध्य र पुर्वका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

मंगलवार राती भने देशको पश्चिमी भूभागमा सामान्य बदली , मध्य र पुर्वका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।


Advertisement

पश्चिमी भूभागका थोरै स्थानहरुमा र  मध्य र पुर्वका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनरहावाहुरी सहित वर्षा हुन सक्ने देखिएको छ। हिमाली भूभागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्