कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ। यसअघि प्रायः तुवाँलो र प्रदूषणले ढाक्थ्यो। कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौंसहित देशभर वायुको गुणस्तरमा सुधार देखिएको छ।
सवारी साधन, उद्योग, कलकारखाना र प्रदूषण बढाउने अन्य गतिविधि ठप्प भएपछि वायु प्रदूषण घटेको हो। काठमाडौंको शंखपार्क, ललितपुरको भैंसेपाटी र काभ्रेको धुलिखेल स्टेसनको अवस्था विश्लेषण गर्दा आँखाले देख्न नसकिने सूक्ष्म धुलोको कण (२.५ पीएम)को अवस्थामा क्रमशः सुधार आउन थालेको वातावरण विभागले जनाएको छ।
‘लकडाउनको सुरुका ३-४ दिन प्रदूषण खासै घटेको थिएन’, विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलले भने, ‘शनिबारदेखि भने निकै सुधार भएको छ। राष्ट्रिय मापदण्डभन्दा पनि निकै कम देखिएको छ।’
उनका अनुसार शनिबार र आइतबार शंखपार्कमा २.५ को मात्रा २५/२५ छ रह्यो। भैंसेपाटीमा २६/२७ र धुलिखेलमा १५/१९ रेकर्ड भएको छ। गत बिहीबार शंखपार्कमा ४७, भैंसेपाटीमा ५४ र धुलिखेलमा ३५ मापन भएको थियो।
सरकारले प्रतिघनमिटर हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम तोकेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले २४ घण्टाका लागि २५ माइक्रोग्राम तोकेको छ । वायु गुणस्तर मापन गर्न वातावरण विभागमातहत विभिन्न भेगमा गरी १७ स्टेसन स्थापना गरिएका छन्। काठमाडौं, ललितपुर, धुलिखेल, पोखरा, लुम्बिनी, चितवनको सौराहा, दाङ, नेपालगन्ज, सिमरा, सुनसरीको झुम्का, धनकुटा र दमकमा स्टेसन छन्।
अमेरिकी दूतावासले दूतावास परिसर महाराजगन्ज र कान्तिपथस्थित फोहोरा दरबारका दुई स्टेसनमार्फत पीएम २.५ को मात्रा मापन गर्दै आएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले लुम्बिनी, सौराहा र रसुवाको यालामा स्टेसन स्थापना गरेको छ। शनिबार र आइतबार पोखरामा २.५ को मात्रा २५/२३, दाङमा १२/१५ र दमकमा ३६/४१ रेकर्ड भएको सिनियर केमिस्ट पौडेलले बताए। ‘शुक्रबार दमकमा २.५ को मात्रा गत साताकै सबैभन्दा बढी ७४ पुगेको थियो। अहिले निकै सुधार भएको छ’, उनले भने, ‘यी केही स्टेसनको अवस्था विश्लेषण गर्दा अहिले देशैभरीको वायुको गुणस्तरमा सुधार आएको पुष्टि हुन्छ।’
विज्ञका अनुसार वर्षा नभएसम्म हावामा पीएम २.५ तैरिरहन्छ। प्रि-मनसुन (मनसुन पूवाद्र्धको वर्षा)ले प्रदूषित वायु पखाल्न सहयोग गरेको मौसमविद् बताउँछन्। मध्य हिउँद र प्रि-मनसुनको समयमा सिरिया, अफगानिस्तान, पाकिस्तान, उत्तर-पश्चिम भारत हुँदै पश्चिमी वायु नेपाल भित्रिन्छ। प्रि-मनसुनका बेला पश्चिमी वायुमा आँखाले नियाल्न नसकिने सूक्ष्म धुलोको कण (हेज)को मात्रा उच्च रहन्छ।
मरुभूमि र अन्यत्रको धुलो, कलकारखाना, पूर्वाधार विकास र अन्य मानवीय गतिविधिले विकसित हुने धूवाँ, धुलो मि िश्रत सुख्खा कण नै हेज हो। लकडाउनले कलकारखाना, सवारी साधन र मानवीय चहलपहल कमी भएर वायु गुणस्तर सुधार भए पनि भारतको राजस्थान र पाकिस्तानको बलुचिस्थानको मरुभूमिको धुलोको प्रभाव भने रोक्न नसकिने वरिष्ठ मौसमविद् मणिरत्न शाक्यको तर्क छ।
‘प्रि-मनसुनमा वैशाख पहिलो सातासम्म नेपालमा पश्चिमी वायु सक्रिय रहन्छ’, उनले भने, ‘पश्चिमी वायु जति बलियो हुन्छ, भारत र पाकिस्तानका मरुभूमिबाट हेज भित्रिने सम्भावना पनि उत्तिकै रहन्छ।’
केही दिनअघिको वर्षाले वायुमण्डलमा रहेको धूवाँ, धुलो पखालेपछि मौसम सफा देखिएको शाक्यको भनाइ छ। ‘लकडाउनले केही हदसम्म प्रदूषण घटाउन मद्दत गरेको छ तर वायुमण्डल सफा हुन त वर्षा हुनै पर्छ’, उनले भने।
वायु प्रदूषणले स्ट्रोक, मुटु रोग, फोक्सोको क्यान्सरजस्ता समस्या निम्त्याउँछ। डब्लूएचओका अनुसार नेपालमा वार्षिक २३ हजारभन्दा बढीको मृत्यु घरभित्रको वायु प्रदूषणले हुने गर्छ। वायु प्रदूषणले ३७ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ।
डब्लूएचओले हावामा रहने धुलोको सूक्ष्म कणलाई मानिसको मृत्युको मुख्य कारक मानेको छ। सवारी साधन र आगो बाल्दा निस्किने धूवाँ नै २.५ माइक्रोनको धुलो बढाउने विज्ञको तर्क छ। उपत्यकाको प्रदूषणमा गाडीको धूवाँको मात्रा ३० देखि ३३ प्रतिशतको हाराहारीमा रहेको, त्यति नै मात्रामा सवारीले सडकको धुलो फैलाउने गरेको विभागको ठहर छ। इँटाभट्टाले १० प्रतिशत हाराहारी र बाँकी कलकारखाना र अन्य मानवीय गतिविधिले बढ्ने गरेको विभागका अधिकारी बताउँछन्।
‘यो अध्ययन केही वर्षअघिको हो, त्यस बेला उपत्यकामा मेलम्ची पाइपलाइन र पूर्वाधार विकासले प्रदूषण बढेको पाइएको थियो’, सिनियर केमिस्ट पौडेलले भने, ‘अहिले अवस्था त्यस्तो छैन, अद्यावधिक अध्ययन हुन बाँकी छ।’ उपत्यकामा स्वच्छ हावा भित्रिने नागढुंगा र पश्चिमी भेगबाट धादिङको नौबिसे र आसपासमा खुलेका भट्टा र अन्य कलकारखानाको धूवाँ पनि भित्रिन्छ।
नेपालसँग सीमा जोडिएको भारतका भूभागमा उद्योग, कलकारखाना र अन्य मानवीय गतिविधिले लुम्बिनीलगायत तराईका भेगमा केही वर्षयता प्रदूषण र तुवाँलो बढ्न थालेको वातावरणविद् बताउँछन्। पीएम २.५ को मात्रा ४४.४६ माइक्रोग्राम पुगेको अवस्थामा मानव स्वास्थ्यका लागि घातक मानिन्छ।
विभागले सन् २०१७ को हिउँदमा गरेको अध्ययनअनुसार काठमाडौंमा पीएम २.५ को मात्रा १८० माइक्रोग्रामसम्म पुगेको पाइएको थियो। स्विट्जरल्यान्डमा मुख्यालय रहेको आईक्यू एअरले गत महिना सार्वजनिक गरेको ९८ वटा प्रदूषित देशको सूचीमा नेपाल आठौं स्थानमा छ । गत वर्षको तुलनामा काठमाडौंको वायुको गुणस्तरमा यो वर्ष सुधार आएको सो संस्थाले जनाएको छ। गत वर्ष उपत्यकाको वायुमा पीएम २.५ को मात्रा प्रतिघनमिटर ५४.४ माइक्रोग्राम रहेकामा अहिले ४४.५ माइक्रोग्राममा झरेको आईक्यू एअरको प्रतिवेदनमा उल्लेख छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...