अमेरिका, इटाली र स्पेनमा कोरोनाको उच्च संक्रमण, मृत्यु हुनेको संख्या बढ्दो

अमेरिका, इटाली तथा स्पेनमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भयावह बनेको छ ।

हालसम्म अमेरिकामा संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगिसकेको छ । यस्तै अहिलेसम्म ३ हजार १ सय ६३ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ । 


Advertisement

गएको एक दिनमा अमेरिकामा थप १९ हजार ९ सय ८८ नयाँ संक्रमित भेटिएका छन् भने ५ सय ६५ जनाको मृत्यु भएको छ । 

इटालीमा पनि संक्रमितको संख्याले १ लाख नाघेको छ । २४ घण्टामा इटालीमा ८ सय १२ जनाले मृत्यु वरण गरेका छन् । कुल मृतकको संख्या यो संगै ११ हजार ५ सय ९१ पुगेको छ । इटालीमा ४ हजार ५० जना नयाँ बिरामी थपिएका छन् ।


Advertisement

त्यस्तै स्पेनमा ५ सय ३७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। स्पेनमा ५ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै स्पेनमा ६१ हजार ७५ जना संक्रमित छन्। जसमध्ये ५ हजार २ सय ३१ जना गम्भीर छन्। त्यस्तै १६ हजार ७ सय ८० जनाको उपचार भइसकेको छ। कोरोनाले स्पेनमा हालसम्म ७ हजार ७ सय १६ जनाले ज्यान गुमाइसकेका छन्।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्