×

NMB BANK
NIC ASIA

लकडाउन सामना गर्न सास्ती

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउन गर्दा सामान्य परिवारमा यसले थप पीडा थपिदिएको छ ।

Muktinath Bank

दिनभर काम गरेर बिहान–बेलुका हात मुख जोड्ने परिवारमा लकडाउनले समस्या उत्पन्न भएको छ । त्यस्ता परिवारमा गुजारा टार्न समस्या भएको गुनासो गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले सामान्य तथा मध्यम परिवारका लागि राहत घोषणा गर्दै आएको छ । कतिपय स्थानमा स्थानीय तहले त्यस्ता परिवारलाई सहयोग गर्दै आए पनि सहरी इलाकामा भने समस्या देखिन थालेको हो ।


Advertisment
Nabil box
Kumari

सरकारले एक्कासि लकडाउन गर्दा कार्य क्षेत्रमा खटिएका कामदारको बिचल्ली भएको छ । उनीहरू घर सकेका छैनन् ।

Vianet communication
Laxmi Bank

मध्यपहाडी राजमार्ग निर्माणको काममा खटिएका करिब ६० जना कामदारले घर जान नपाएको गोल्डेन कम्पनीका प्रोजेक्ट म्यानेजर हिमाल पौडेलले जानकारी दिए ।

सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर गत ११ चैत बिहान ६ बजेदेखि एक साताका लागि नागरिकलाई घर बाहिर निस्कन र सवारी साधन चलाउन प्रतिबन्ध गरेको थियो । सरकारले पुनः आइतबार लकडाउनको अवधि एक साता थप गरेको छ ।

लकडाउनमा सवारी सञ्चालनमा प्रतिबन्धका कारण सामान्य परिवारका कोही सदस्य बिरामी हुँदा हिँडेरै अस्पताल पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । न्यून तथा मध्यम वर्गीय परिवारले आर्थिक कमजोर अवस्थाका कारण एम्बुलेन्स रिजर्भ गर्न नसक्ने र अन्य सवारीसाधन सञ्चालन नहुँदा हिँडेरै अस्पताल पुग्नुपरेको हो ।

कतिपय अवस्थामा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले त्यस्तो समस्या परेकालाई सहयोग र समन्वय गर्दै आए पनि कतिपय ठाउँमा सजाय दिने गरेको पाइएको छ । एक पुरुष खाली सिलिन्डर बोकेर हिँड्दै गर्दा प्रहरीले सिलिन्डर काँधमा बोकाएर सजाय दिएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

लकडाउनको पहिलो दिन एक बिरामी र उनको परिवार बोकेको सवारीलाई ट्राफिक प्रहरीले सजाय गरेको पाइएको छ । काठमाडौंबाट १० चैतमा नै हिँडेको एउटा सवारी साधन भकुन्डेबेंसीमा सामान्य दुर्घटनामा परेको थियो । त्यहाँ प्रहरीले दुर्घटनाबारे कागज बनाइदिएको र त्यही कागज देखाउँदा झापाको बिर्तामोडमा ट्राफिक प्रहरीले सवारी चालकमाथि सजाय गरेको चालक जयशंकर साहले बताए ।

‘बाटोमा थोरै अलमल भयो, दुर्घटनाको कागजसमेत प्रहरीले बनाइदिएको थियो, त्यहीँ कागज देखाउँदै हामी जाँदा अन्यत्र प्रहरीले केही गरेन । बिर्तामोडमा बिहान ८ बजेतिर कारबाही ग¥यो,’ साहले भने, ‘बिरामी मान्छे बोकेर आएको हजुर भन्दा पनि केही लागेन ।’

कोरोना भाइरसको आशंका गरिएकालाई सरकार आफैंले उपचारमा सहयोग गर्ने घोषणा गरे पनि अन्य प्रकारका बिरामी भने सवारीसाधन नचल्दा मर्कामा परेका छन् । यसअघि सामान्य तथा मध्यम परिवारका सदस्य सार्वजनिक सवारी तथा ट्याक्सी चढेर अस्पतालसम्म पुग्ने गरेका थिए । अहिले अत्यावश्यक बाहेक सबै किसिमका सवारीसाधन ठप्प छन् ।

ट्राफिक प्रहरीले अत्यावश्यकबाहेकका सवारी साधन चलाएको पाएमा दिनभर नियन्त्रणमा लिएर बेलुका छाड्ने गरेको छ । महानगरीय ट्राफिक प्रहरीले सोमबार बिहान २ सय ४२ वटा सवारीलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत आइतबार २ सय ४३ सवारी साधन नियन्त्रणमा लिइएको थियो । महाशाखाले शनिबार लकडाउन उल्लंघन गर्ने झन्डै डेढ सय सवारी साधनलाई उपत्यकाबाट नियन्त्रणमा लिएको थियो ।

लकडाउनको पहिलो दिन नेपाल प्रहरीले सयौंलाई सम्झाई बुझाई गर्नुपरेको थियो । सम्झाउँदा पनि अटेर गरेर हिँड्ने ५२ जनालाई नियन्त्रणमा लिएर छाडिएको थियो । त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि सयौं सवारी साधनलाई सम्झाएर फिर्ता पठाएको थियो ।

लकडाउनको दोस्रो दिन उपत्यकामा ट्राफिक प्रहरीले १ हजार ६३ सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो । बुधबार नियम उल्लंघन गर्ने १ सय ३४ चार पांग्रे र ९ सय २९ दुई पांग्रे गरी १ हजार ६३ सवारी साधन नियन्त्रणमा आएका थिए । बिहीबार साँझसम्म २ सय ५३ सवारी साधन नियन्त्रणमा लिएको थियो । लकडाउनको चौथो दिन शुक्रबार २१६ सवारी साधनलाई नियन्त्रणमा लिएको थियो ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कूटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधनले भने आवतजावत गर्न पाउने ट्राफिक प्रहरीले जनाएको छ । सरकारले अन्य सवारी साधन चलाउने निषेध गरेको हो । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x