×

NMB BANK
NIC ASIA

क्वारेन्टाइन अवलोकन

संक्रमित युवतीसँगै यात्रा गरेकालाई जेलजस्तै बन्यो क्वारेन्टाइन, सेनाको खाना ठीक !

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले धनुषाको गंगुलीमा सञ्चालन गरेको क्षेत्रीय क्वारेन्टाइनमा चैत्र १८ गतेसम्म २५ जनालाई राखिएको छ । 

Muktinath Bank

चैत्र १८ गतेसम्म ६ वर्षीया बालिकासहित ३ जना महिला, २ वर्षीय बालकसहित २२ जना पुरुष गरी २५ जना व्यक्ति क्वारेन्टाइनमा भर्ना गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्वारेन्टाइनमा राम एकवाल महरा, मोहन साह, प्रवेश महरा, नुर मोहम्मद, कुशेश्वर साह, नासिरुल साह मलंग, सूर्यबहादुर क्याम्बो, विनोद राउत भेडियर, रामचन्द्र सदा, अशेश्वर ठाकुर, मोहम्मद सकिल राइन, लंजित मुखिया, शान्तिलाल साह, सुरज ठाकुर, रघुनाथ ठाकुर सोनार, पिंकी ठाकुर, आयुष ठाकुर, मुस्कान ठाकुर, धर्मेन्द्रकुमार ठाकुर, शान्तिदेवी ठाकुर, विनयकुमार यादव, रविकुमार मण्डल, श्रवन मण्डल, आदित्य मण्डल र जितेन्द्र सदा गरी २५ जनालाई राखिएको छ ।


Advertisment
Nabil box
Kumari

चैत्र ४ गते कतार एयरवेजबाट आउँदा कोरोना भाइरस संक्रमण पुष्टि भएकी युवतीसँगै विमानमा यात्रा गरेर आएका व्यक्तिलाई समेत क्षेत्रीय क्वारेन्टाइनमा राखिएको छ ।

Vianet communication
Laxmi Bank

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी सहितको नियन्त्रणमा रहेको क्वारेन्टाइनमा ९ जना स्वास्थ्यकर्मीको टोली समेत परिचालन गरिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जिल्लाका १८ वटै स्थानीय तहमा भारतसहित विदेशबाट आएका नागरिकको अभिलेख संकलन गरेर क्वारेन्टाइन स्थलमा पठाउन पत्राचार गरेपछि सबै ठाउँबाट क्वारेन्टाइनमा बस्नेलाई पठाउने गरिएको छ ।

धनुषाको नगराइन नगरपालिकाको गंगुलीस्थित मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्रमा सञ्चालनमा ल्याइएको क्वारेन्टाइनमा आवश्यक चेकजाँच गराउन समेत सर्वसाधारण जाने गरेका छन् । मंगलवार समेत धनुषाका विभिन्न गाउँबाट आएका सर्वसाधारणलाई स्वास्थ्यकर्मीको टोलीले आवश्यक जाँच गरेको छ ।

क्वारेन्टाइनको मुख्यद्वारमा नेपाली सेना तैनाथ छ । गेटमा पुग्ने बित्तिकै प्रवेशद्वारमा नै हातधुने स्थान छ, जहाँ पानी र साबुन राखिएको छ । नेपाली सेनाका जवान त्यहाँ तैनाथ छन् । सेनाकै निगरानीमा राम्रो तरिकाले हात धोएर मात्र भित्र जान पाइन्छ ।

सेनाकै निगरानीमा सर्वसाधारणको स्वास्थ्य जाँच भइरहेको थियो । क्वारेन्टाइनमा धनुषाको बहेडा बेलाका संजय यादव, सन्तोषकुमार महतो, बैरियाका सलिम नदाफले प्रारम्भिक परीक्षण गराइरहेका थिए । ती व्यक्तिहरू भारतको मुम्बई तथा अन्य स्थानबाट केही दिनअघि मात्र नेपाल आएका थिए ।

‘गाउँको नेताले क्वारेन्टाइनमा गएर आफ्नो जाँच गराएर आउ भनेपछि यहाँ आएको हुँ,’ स्थानीय सन्तोष महतोले भने, ‘गाउँमा केही दिनअघि भारतको मुम्बई, दिल्ली, कतार, दुबई, साउदी अरेबिया, मलेसिया जस्ता देशबाट आएका व्यक्ति छन् ।’ करीब १२ जना व्यक्ति स्वास्थ्य जाँच गर्न आएका थिए ।

चिकित्सकले सामान्य सोधपुछ गर्नुका साथै लामो स्वास फेर्न, हाई जम्प जस्तै अभ्यास गर्न तथा विभिन्न शारीरिक अभ्यास गराएर कोरोना रोगको लक्षण छ/छैन भन्ने जाँच गरेका थिए । थर्मल गनसहित तापक्रम मापन गर्दै उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरिएको थियो ।

सामाजिक विकास मन्त्रालयका खोप अधिकृत लक्ष्मेश्वर झाका अनुसार धेरै व्यक्तिको स्वास्थ्य अवस्था सामान्य देखिएका कारण सेल्फ होम क्वारेन्टाइनमा नै बस्ने बताएपछि घर समेत जान दिइएको छ तर २५ जनालाई भने १४ दिनसम्म नै क्वारेन्टाइनमा राख्ने भनेर राखिएको उनले बताए ।

‘२५ जनामध्ये १ जनालाई प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गराएका छौं,’ झाले लोकान्तरसँग भने, ‘साँझसम्म करीब ७ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी समेत गरेका छौं ।’

सबै जनालाई दैनिक २ पटक सामान्य रुपमा ज्वरो जाँच गर्ने गरिएको उनले बताए । त्यहाँ सिनियर अहेब, अहेब लगायतका ९ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । सबैले पालै–पालो ३ सिफ्टमा काम गर्ने गर्छन् । प्रादेशिक अस्पतालबाट समेत १ पटक चिकित्सकको टोली आएर निरीक्षण गर्ने गरेको झाले बताए ।

क्वारेन्टाइनमा बस्नेलाई दिनमा २ पटक खाजा तथा २ पटक खाना दिने गरिएको उनले बताए । चिया, बिस्कुट, चाउचाउ, चनासहित स्थानीय खाजा, दाल, भात, तरकारी, सलादसहित २ पटक खाना दिने गरिएको खोप अधिकृत झाले बताए । 

छुट्टाछुट्टै बस्नका लागि ओछ्यानको समेत प्रबन्ध गरिएको भएपनि मनोरञ्जनका लागि वा समय बिताउनका लागि वाईफाईको व्यस्थापन नगरिएकाले समस्या हुने गरेको क्वारेन्टाइनमा बसेका एक जनाले बताए । ‘आफूलाई केही नभएपनि क्वारेन्टाइनमा राखिएको छ,’ उनले भने, ‘खाना र बस्नमा समस्या नभएपनि टाइम पास गर्न कुनै साधन नै छैन । जेलमा थुनिए जस्तो भएको छ, कुन दिन छुटेर जाने हो भन्ने भइसकेको छ ।’

क्वारेन्टाइनमा रहेका व्यक्तिको लागि खाना पकाउने काम नेपाली सेनाले नै गरिरहेका छन् । क्वारेन्टाइनमा १८ जना नेपाली सेना, ५ जना सशस्त्र प्रहरीसहित नेपाल प्रहरीको मोबाइल टोली खटिएको छ । ७५ जनालाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न सक्ने गरी तयारी रहेको खोप अधिकृत झाले बताए । चैत्र १५ गतेदेखि क्वारेन्टाइन सञ्चालनमा आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x