×

NMB BANK
NIC ASIA

सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १ सय शय्याका आइसोलेसन

चैत १८, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कोरोना भाइरस ९कोभिड–१९० ले विश्वव्यापीरुपमा महामारीको रुप धारण गरेको छ । महामारीबाट २०० भन्दा बढी मुलुक प्रत्यक्ष प्रभावित भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विश्वभरका साढे सात लाख भन्दा बढी नागरिक कोरोना सङ्क्रमित भइसकेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३८ हजार पुगिसकेको छ । विभिन्न मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा लिन विविध कदमहरु चालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तथापि कोरोना नियन्त्रणमा आउन सकेको छैन । अझ फैलँदो अवस्थामा देखिएको छ । नेपालमा पनि कोरोनाको सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले विभिन्न कदम चालेको छ । सरकारले अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।


Advertisment
Nabil box
Kumari

कोरोनाको सङ्क्रमणलाई फैलन नदिन सरकारले सम्पूर्ण हरसम्भव प्रयास गरेको छ । सङ्क्रमण फैलिहाले नियन्त्रणमा लिन र सङ्क्रिमतको यथाशक्य चाँडो उपचार गर्न पनि भरपर्दो प्रवन्ध मिलाएको छ । सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि राजधानीको विभिन्न अस्पताललाई ‘हव’ अस्पतालका रुपमा तोकेको छ ।

Vianet communication
Laxmi Bank

राज्यका विभिन्न निकायले पनि सरकारको प्रयासमा ‘होस्टेमा हैँसे’ गर्दै अग्रसरता देखाइआएका छन् । सरकारले सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रुपमा घोषणा गरिसकेको छ । नेपाली सेनाले पनि कोरोना सङ्क्रमितको उपचारका लागि हाइकेयरसहितको ‘आइसोलेसन’ वार्ड निर्माण गरेको छ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल परिसरभित्र सेनाले कोरोनाका बिरामीको उपचार गर्न उक्त व्यवस्था गरेको हो ।

साधारण अवस्थामा ओपिडी सेवा सञ्चालन गर्ने तयारीका साथ ‘जिओपिडी’ कम्पलेक्स बनाइएको भए पनि सेनाले विश्वव्यापी महामारीको रुप धारण गरेको यो प्रकोपको चपेटामा परेकाको उपचार गर्न ‘आइसोलेसन’ वार्डका रुपमा यसलाई प्रयोगमा ल्याएको हो । नवनिर्मित कम्प्लेक्समा ३० शय्याको हाइकेयरसहित कम्तीमा एक सय शय्याको आइसोलेसन तयारी अवस्थामा राखिएको महासेनानी डा श्रीजन मल्लले जानकारी दिए ।

दुई वटा युनिटमा १५/१५ शय्याका दरले ३० शय्याको हाइकेयर युनिट राख्ने तयारी गरिएको छ । आइसोलेनस कक्ष निर्माणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । यसको करीब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आइसोलेसन वार्डमा बिरामीसँग कमभन्दा कम भेट हुने गरी शय्याको व्यवस्थापन गरिएको छ । वार्डलाई तीन भागमा विभाजन गरिएको छ ।

पहिलो क्षेत्रमा कोरोनाका सम्भावित बिरामीलाई क्वारेन्टाइनमा राखिने छ । बिरामीको नमूना परीक्षण भएर कोरोना सङ्क्रमितको पुष्टि नभएसम्मका लागि सो क्षेत्रमा राखिने छ । कोरोना सङ्क्रमित पुष्टि भइसकेपछि बिरामीलाई दोस्रो क्षेत्रमा राखिने छ । कुनै सङ्क्रमितलाई हाइकेयरको आवश्यकता भएमा मात्र ३० शय्याको हाइकेयर युनिटमा राखिने छ ।

सिकिस्त बिरामीलाई अक्सिजनसहित चिकित्सकको निगरानीमा राखिने छ । बिरामीलाई खाना खान छुट्टै प्रबन्ध कोरोनाको आशङ्का गरिएका, पुष्टि भइसकेका बिरामीको एकै चोटि भेटघाट नहुने गरी शय्याको व्यवस्था गरिएको छ । बिरामीलाई खाना खान पनि छुट्टै प्रबन्ध गरिएको छ ।

बिरामीसँग कम भन्दा कम भेटघाट होस् भनेर सतर्कता अपनाइएको छ । बिरामीहरु खानाका लागि एउटा ढोकाबाट प्रवेश गर्ने र अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ । एक साताभित्र २० शय्याको आइसियू सेनाले कोरोना सङ्क्रमितको उपचार गर्न २० शय्याको सघन उपचार कक्ष ९आइसियु० निर्माण गर्दैछ ।

सैनिक अस्पताल परिसरमा रहेको एक भवनमा आइसियु निर्माण गर्ने तयारी गरिएको छ । सरकारले नेपाली सेनालाई कोरोनाका बिरामीको उपचारका लागि २० शय्याको आइसियु निर्माण गर्न निर्देशन दिएको थियो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आइसियु निर्माणका लागि दुई दिनअघि टेण्डर भइसकेको जानकारी दिए ।

एक साताभित्र उक्त क्षमताको आइसियु निर्माण गरिने उनको भनाइ छ । आइसियुका लागि आवश्यक उपकरणको बन्दोबस्त भइसकेको छ । आइसियु निर्माण गर्न सरकारले सेनालाई रु १० करोड उपलब्ध गराइसकेको छ । त्यस्तै, सेनाको आन्तरिक स्रोतबाट रु सात करोड थप गरेर आइसियु निर्माण गरिनेछ ।

उच्च अधिकारीद्वारा अनुगमन सेनाले निर्माण गरेको आइसोलेसन वार्डको आज उच्च सरकारी अधिकारीले अनुगमन गरेका छन् । मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाललगायत अनुगमनमा पुगेका थिए ।

उनीहरू सामु महासेनानी डा मल्लले आइसोलेसन वार्ड र सेनाले गरेको अन्य तयारीका बारेमा ‘बिफ्रिङ’ गरेका थिए । सो अवसरमा मुख्य सचिव रेग्मीले सेनाको तयारीप्रति सन्तुष्टि व्यक्त गर्दै धन्यवाद दिएका थिए । सेनाको तयारीको अवलोकनपछि उक्त टोली सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालको अनुगमनका लागि गएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x