कोरोना संक्रमितको पहिचान गर्न मुख्यमन्त्री राईको निर्देशन

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा कोभिड–१९ को सङ्क्रमणको आशङ्का गरीएका नागरीकको पहिचानमा जुट्न सबै स्थानीय तहलाई निर्देशन दिएका छन्।

कोरोना भाइसरको रोकथाम तथा प्रतीरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचारप्रसार तथा जनचेतना समितिको मंगलबार बसेको बैठकमा उनले कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएका व्यक्तिको पहिचान गरी क्वारेण्टाइन बसाउन वा उपचारका लागि आइसोलेसन पठाउनु बताए।


Advertisement

मुख्यमन्त्री राईले विदेशबाट आएका, होम क्वारेन्टाइमा रहेका र क्वारेन्टाइनमा राख्नुपर्नेको तथ्याङ्क सङकलन अविलम्व गर्न आग्रह गरे।प्रदेश कोरोना रोकथाम, प्रतीरक्षा र उपचार निर्देशन समितिको अध्यक्षसमेत रहेका मुख्यमन्त्री राईले कोरोनाको रोकथामका लागि स्थानीयतहको भूमिका प्रभावकारी र महत्वपूर्ण हुने बताउँदै सुत्केरी र गर्भवती, अपाङ्गता भएका र दैनिक ज्यालादारीमा काम गर्नेप्रति विशेष ध्यान दिई विवरण सङ्कलन गर्न आग्रह गरे।

उनले विपन्न र दैनिक ज्यालादारी गर्नेलाई स्थानीय तहले राहत दिन र स्थानीय तहबाट सम्भव नभए प्रदेश सरकारले व्यवस्था मिलाउनेसमेत जानकारी दिए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्