×

NMB BANK
NIC ASIA

एसईई विद्यार्थीका लागि नयाँ सुविधा

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् ।

Muktinath Bank

विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका साथै अभिभावकलाई समेत केही राहत महसुस होस् भनेर शिक्षकको छाता संस्था नेपाल शिक्षक महासङ्घको पहलमा विद्यार्थीका प्रश्नको जिज्ञासा घरमै समाधान गरिदिने उपायको खोजी गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले एसईईका विद्यार्थी केही दिनदेखि निकै तनावमा परेको र अभिभावकसमेत यसबाट पीडित भएकाले परीक्षा तयारी सहज बनाउन यस खालको प्रबन्ध गरिएको बताए । विद्यार्थीले अब अङ्ग्रेजी, नेपाली, विज्ञान, गणित, सामाजिक विषयको कुनै प्रश्नको उत्तर नआए टेलिफोनबाटै विषय विज्ञ शिक्षकलाई सोध्न पाउनेभएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसितको समन्वयमा शिक्षक विद्यार्थीको टेलिफोन संवादलाई टोल फ्री नम्बर बनाएर निःशुल्क बनाइने योजना रहेको महासङ्घका अध्यक्ष थापाले बताए ।


Advertisment
Nabil box
Kumari

महासङ्घले यसका लागि एक विषयका सात शिक्षकको सूची सार्वजनिक गरेको छ । सबै प्रदेशबाट सबै विषयमा एक÷एक शिक्षक रहनेगरी कुल ३५ शिक्षकको सूची तयार पारिएको बताइएको छ । रोस्टरमा रहेका शिक्षकमध्ये विद्यार्थीले जुनसुकै शिक्षकलाई पनि सोध्न सक्नेछन् । लामो समयदेखि विद्यार्थी शिक्षकसँग सम्पर्कबाहिर रहेको र केही नजानेको कुरासमेत सोध्न नपाउने अवस्थामा विद्यार्थीको पठनपाठनमा झनै समस्यामा पर्ने भएकाले आफूहरूले यस खालको उपाय निकालेको उनले बताए ।

Vianet communication
Laxmi Bank

विद्यार्थीलाई अनिवार्य विषयमा धेरै समस्या हुने भएकाले पाँच विषयका शिक्षक खोजिएको अध्यक्ष थापाले बताए । एसईईमा पाँच वटा अनिवार्य विषय रहेका छन् । ऐच्छिक विषयका रूपमा रहेका तीन वटा विषयका लागि भने हाल यो व्यवस्था गर्नेछैन । धेरै विद्यार्थीले रोज्ने ऐच्छिक गणित, लेखा, अर्थशास्त्र, कम्प्युटर लगायतका विषयमा भने यस खालको प्रबन्ध गर्न नसकिएको उहाँको भनाइ छ । यसैबीच महासङ्घले एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीसित भौगोलिक रूपमा टाढा भए पनि प्राविधिक रूपमा निकट भएर सहयोग गर्न देशभरका शिक्षकसित आह्वान गरेको छ ।

मुलुकमा कोरोना भाइरसको सङ्क्रमण बढ्ने खतरा देखिएपछि सरकारले चैत ६ गतेबाट गर्ने तयारीमा भइरहेको एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित गरेको थियो । भाइरसको सङ्क्रमण कम हुने बित्तिकै परीक्षा निर्वाध रूपमा सुरु गरिने भएकाले केही समय धैर्य गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अभिभावक तथा विद्यार्थीलाई आग्रह गरेको छ । एसईईमा परीक्षामा झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x