×

NMB BANK
NIC ASIA

ग्यास चाहियो ? याे नम्बरमा फोन गर्नुस्

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल आयल निगमले लकडाउनको समयमा बिशेष वर्ग तथा क्षेत्रलाई घुम्ती सेवामार्फत् ग्यास उपलब्ध गराएको छ । लकडाउनका बेला खाना पकाउने ग्यासको अभाव भोगिरहेका सामान्य उपभोक्तालाई निगमले घुम्ती सेवा मार्फत बितरण शुरू गरेको हो ।

Muktinath Bank

काठमाडौँका उपभोक्ताले कोरोना भाइरसको कारण बजारमा ग्यास अभाव हुनसक्ने आशंकाले आबश्यकताभन्दा बढी मौज्दात ग्यास राखेपछि दैनिक मजदुरी गर्ने तथा अपागंता भएका व्यक्तिलगायतले ग्यास पाउन नसकेको भन्दै निगमले उनीहरुलाई घुम्ती सेवामार्फत् ग्यास उपलब्ध गराउन शुरू गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगमले १२ वटा वर्गको पहिचान गरी घुम्ती सेवा प्रदान गरेको छ । अशक्त, अस्पताल, बृद्धाश्रम, बालगृह, अनाथालय, कारागार, किरियाघर, पुनस्र्थापना तथा सुधारगृह, निःशुल्क भोजन गराउने संघसंस्था, दीर्घरोगी, सरकारले तोकेका क्वारिन्टीन, गरिब तथा मजदुर कर्मचारीलाई घुम्ती सेवाबाट ग्यास वितरण गरेको छ । यसका लागि निगमले टेकुस्थित कार्यालयमा सम्पर्क कार्यालय सञ्चालन गरेको छ ।


Advertisment
Nabil box
Kumari

उपभोक्ताले सम्पर्क कार्यालायमा फोन गरेपछि निगमले ग्यास पुर्याउँछ । चक्रपथ आसपाससम्म ग्यास पुर्याइएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । उनले भने “लकडाउनको समयमा बजारमा सहज पहुँच हुन नसकिरहेका र बिशेष तथा संबेदनशील स्थानका लागि बिशेष व्यवस्था गरिएको हो यसले निम्न वर्ग तथा क्षेत्रलाई राहत हुनेछ । ”

Vianet communication
Laxmi Bank

सम्पर्कका लागि निगमले मोवाइल नम्बर सार्वजनिक गरेको छ । निगमले तोकेका १२ वटा वर्गमा रहेकाहरुले उक्त नम्बरमा सम्पर्क गरेर ग्यासको माग गर्न सक्नेछन् । निगमले ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ नम्बरमा सम्पर्क गर्नसक्ने जनाएको छ ।

उपाध्यायले भने “अति आवश्यक पर्ने उपभोक्ताले हामीले तोकेको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिन सक्नुहुन्छ, साधारण उपभोक्तालाई लक्षित गर्दै हामीले रिङरोड क्षेत्रमा ग्यास वितरण गरेका छौं सकभर माग भएका ग्यास सिलिण्डर नै दिन्छौँ । ” सो वर्गका लागि मंगलवार एकसय सिलिन्डर ग्यास वितरण गरिएको छ ।

निगमले आम उपभोक्ताका लागि चैत १४, १५, १६ र १७ गते चारदिनमा एकलाख ६४ हजार पाँचसय एक सिलिन्डर ग्यास वितरण गरेको छ । १७ गतेमात्रै ७६ हजार आठसय एक सिलिण्डर ग्यास वितरण गरेको छ ।   गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x