×

NMB BANK
NIC ASIA

कोरोना कहर : कूटनीतिक परिवारलाई फर्काउँदै पश्चिमा राष्ट्र

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पश्चिमा राष्ट्रहरूले काठमाडौंस्थित आफ्ना कूटनीतिज्ञका आश्रित परिवारलाई फिर्ता बोलाएका छन्। नेपालमा कोरोना संक्रमणको त्रास बढेसँगै आश्रित परिवारलाई सरकारले टिकट खर्च उपलब्ध गराएर स्वैच्छिक रूपमा फिर्ता बोलाएका हुन्।

Muktinath Bank

नेपालमा संक्रमित भए उपचार गर्ने अस्पतालको कठिनाइलाई ध्यानमा राखेर आफ्ना नागरिक फिर्ता गर्ने क्रममा कूटनीतिक आश्रित परिवारलाई पनि बोलाइएको हो। सरकारलाई सीधा रूपमा केही नभने पनि उनीहरूले सरकारको तयारी र यहाँको स्वास्थ्य क्षेत्रमा सरकारी अवस्था अध्ययन गरेर यस्तो निर्णय लिएको परराष्ट्र अधिकारीले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जान खोज्नेलाई नजानू भन्न मिलेन। हाम्रो तयारी र अवस्था देखेरै फिर्ता बोलाएका हुन्। हुन त यहाँ संक्रमण बढ्दो छैन तर बढे के गर्ने भन्ने सोच राखेर फर्काएको देखिन्छ,’ ती परराष्ट्र अधिकारीले भने, ‘समिति बनेको यत्तिका समय भए पनि काममा भएको ढिलासुस्ती देखेर कूटनीतिज्ञहरू दिग्दारी पोखिरहेका छन्। हाम्रा मन्त्रीज्यूहरू गफ दिइरहेका छन्। यतिबेला गफ होइन, कार्य खोजिरहेका हुन्छन्, विदेशी या आफ्नै नागरिक किन नहुन्।’


Advertisment
Nabil box
Kumari

हुन त उनीहरूको मुलुकमा पनि आफ्ना नागरिकको कोरोना संक्रमणले मृत्यु भइरहेको छ। त्यो संख्या बढ्दो छ। स्थिति झन् भयावह छ। तैपनि, परिवार फर्किएका छन्। किन ? भन्ने प्रश्न उठिरहेका छन्। त्यहाँ स्वास्थ्य क्षेत्रमा राम्रो तयारी गरेका हुनाले पनि यस्तो सुविधा उपलब्ध हुन सक्ने परराष्ट्र अधिकारीले बताए। नेपालले अन्य मुलुकमा फैलिएको संक्रमणबाट पाठ सिकेर तयारी राम्रो गर्न सक्ने भए पनि नगरेकोमा कूटनीतिज्ञहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। उनीहरूकोमा उपचार हुँदाहुँदै मृत्यु भएका छन्। यहाँ त्यस्तो अवस्था आए उपचार नै नपाएर मृत्यु हुन सक्ने भन्दै आफ्ना नागरिकलाई सुरक्षित गरेको हुन सक्ने अर्का एक अधिकारीले बताए।

Vianet communication
Laxmi Bank

उनीहरूले आफ्ना नागरिकलाई राहत दिइरहेका छन्। तर, यहाँ अवस्था कतै भयावह त हुने होइन भन्ने आशंका पनि उनीहरूमा छ। विदेशीले यस्ता विषय सञ्चारमाध्यममा औपचारिक रूपमा नभने पनि अनौपचारिक गफमा भन्ने गरेका छन्, ‘नेपाल सरकारको गाम्भीर्यता देखिएको छैन। गरांै भन्ने होला तर यहाँको संयन्त्रले ‘स्मुथ्ली’ काम गरेको छैन।’

कूटनीतिज्ञहरूले राजनीतिज्ञलाई भेट्दा पनि यो विषय भन्ने गरेको बताए। परराष्ट्र सचिव शंकरदास बैरागीले भने यस विषयमा आफूहरूलाई जानकारी नहुने बताए। उनले भने, ‘आफ्ना नागरिक फर्काउन पहल गरे। उनीहरूलाई हामीले सहजीकरण गर्‍यौँ। हरेक राष्ट्रले आफ्ना नागरिकको सुरक्षालाई ध्यान दिन्छ।’

उनीहरूले आफ्ना नागरिकलाई फिर्ता गर्ने क्रममा कूटनीतिक अधिकारीका परिवार वा नातेदार भएको विषय नखुल्न पनि सक्छ।

हुन त विदेशी मित्रराष्ट्रहरूले आश्रित परिवारलाई फर्कने या नफर्कने अधिकार व्यक्तिगत हुनाले उनीहरूलाई बाध्यकारी हुने छैन। तर, अधिकांश कूटनीतिज्ञका आश्रित परिवार भने फिरेका छन्। युरोप–अमेरिकामा समेत संक्रमण बढेपछि यहाँ रहेकामा त्यो अवस्था आए के गर्ने भन्ने उनीहरूको तर्क छ। मर्नेको संख्या बढे पनि यहाँभन्दा आफ्नैमा सुरक्षित भन्ठानेर वा कतिपयको आफ्नो परिवार पनि हेर्नका लागि उनीहरू गएका हुन्। यहाँको अवस्थासँग डराएर पनि आश्रितहरू हतार–हतार फर्केका छन्। कतिपय नेपालमा लकडाउन हुनुअघि नै फर्केका थिए। अहिले भने उनीहरूको नागरिकलाई चार्टर गरेको उडानमै उनीहरू पनि टिकट खरिद गरेर फर्केका छन्।

आफ्ना नागरिकलाई फिर्ता गरिरहेको ती मुलुकले कूटनीतिक समुदायका आश्रित परिवारलाई पनि फिर्ता बोलाएको विषयमा नेपाल सरकारले भने त्यो उनीहरूको कुरा हो भन्दै फर्कने व्यवस्थ मिलाइदिएको छ। युरोपेली महासंघ (ईयू) अन्तर्गतका मुलुकका राजदूत र अन्य कूटनीतिक कर्मचारीका परिवार आफ्नै मुलुकमा फर्किसकेका छन्। अमेरिकाको पनि कूटनीतिक परिवार मंगलबार बिहान फर्केका छन्। केही भने बिहीबार फर्कने तयारीमा छन्। अस्ट्रेलियाले पनि आफ्ना नागरिकसँगै कूटनीतिक आश्रित परिवार फिर्ता गर्दै छ। उनीहरूको यहाँ रहेको कूटनीतिक र अन्य नियोगमा कार्यरत अधिकारीका परिवारलाई फिर्ता लैजाने तयारी गरेको हो।

अस्ट्रेलिया सरकारले सर्कुलर नै जारी गरेर आफ्ना कूनीतिक आश्रित परिवारलाई स्वदेश फर्काएको छ। नेपालमा रहेका मात्र होइन, संक्रमित मुलुकमा रहेका आफ्ना कूटनीतिक समुदायका आश्रित परिवारलाई सुरक्षित ढंगले दुईपक्षीय सहकार्यमा लाग्न र आफ्ना नागरिकको हेरचाह गर्न भनिएको छ। आफ्ना नागरिकबारे हरेक मुलुकले सोच्ने गर्छ। यहाँ रहेका २५ मुलुकका दूतावासमध्ये अधिकांश पश्चिमा दूतावासले यसप्रकारको तयारी गरेका हुन्। ती दूतावासले बिदामा रहेका आफ्ना राजदूतलाई काठमाडौं पठाएका छन् भने उनीहरूका परिवारलाई घर फर्कन प्रेरित गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x