×

NMB BANK
NIC ASIA

अलपत्र नेपालीबारे वार्तामा जोड

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 सीमा क्षेत्रमा रोकिएका नेपालीबारे सरकारले भारत सरकारसँग उच्चस्तरीय वार्ता गर्नुपर्ने पूर्व उप प्रधानमन्त्रीद्धयले बताएका छन्। यस्तो बेलामा भारतले नेपालीलाई आफ्ना नागरिक सरह व्यवहार गर्नुपर्ने उनीहरुको सुझाव छ।

Muktinath Bank

सीमामा रोकिएका नेपालीलाई कोरोना संक्रमणको जोखिम बढेको पूर्व उपप्रधानमन्त्री भीम रावलको भनाइ छ। नेकपाका नेता उनले अन्नपूर्णसँग भने, ‘यति बेला जो जहाँ छ, त्यहि बस्नु पर्ने हो, तर भारतका विभिन्न क्षेत्रबाट दैनिक जसो हजारौ नागरिक नेपाली सिमामा कसरी पुगे ?  भारतले आफ्ना नागरिक सरह नेपालीलाई व्यवहार गरेको छ वा छैन भन्ने विषयमा सरकारले उच्चस्तरीय तहमा कुराकानी गर्नुपर्छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राकृतिक विपदका बेला पारस्परिक आधारमा काम गर्नुपर्ने अन्र्तराष्टिय मान्यता रहेको उल्लेख गर्दै रावलले भने, यस्तो बेला यस्तो बेलामा नेपालीलाई खाद्य र स्वास्थ्य उपचारमा भारतले आफ्ना नागरिक सरह व्यवहार गर्नुपर्ने उनले बताए। उच्चस्तरिय वार्ताको खाँचो औल्याउँदै अर्का पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘समस्या समाधानका लागि केही न केही त गर्नैपर्छ।’ भारतसँग कूटनीतिक तहमा वार्ता गरेर नेपालीलाई उतै क्वारेन्टाइनमा राख्न र खानपानको व्यवस्था गर्न आवश्यक रहेकोमा उनले जोड दिए।


Advertisment
Nabil box
Kumari

सीमा आएकालाई अन्तिम पटक ल्याउने दिन तोकेपनि आउनेहरु नघटेपछि समस्या बढेको श्रेष्ठको बुझाई छ। ‘फेरि ल्याउने, फेरि आईरहने हो भने सीमा आवागमन वन्द गर्ने कुराको अर्थ के होला र, उनले भने। ’ यस्तो अवस्थामा होम क्वारेन्टाइन प्रभावकारी बन्न नसक्ने भएकाले सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने श्रेष्ठ बताउँछन्। भारतमा स्वास्थ्य परीक्षण विना नेपाल आउनेहरु धेरै भएकाले आफन्तलाई कोरोना संक्रमण हुन सक्ने नेता रावलको ठहर छ।

Vianet communication
Laxmi Bank

नेपालसँग सिमा जोडिएका भारतका उत्तराखण्ड र उत्तर प्रदेशमा कोरोना संक्रमणको संख्या बढिरहेकाले सुदुरपश्चिम जोखिममा रहेको उल्लेख गर्दै उनले परीक्षण सामग्री, औषधि र सुरक्षा सतर्कता बढाउन उनले जोड दिए। नेकपा विदेश विभाग उपप्रमुख राम कार्की सरकारको कार्यशैली शंकाको घेरामा पर्दै आएको तर्क गर्छन्।

सीमा खुल्दैन : सरकार

लकडाउनका बेला नेपाल र भारतको सीमा नाका नखोल्न दुवै मुलुकले प्रष्ट पारेका छन्। सीमामा रोकिएकालाई सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा राख्ने बारेमा कूटनीतिक तहमा कुराकानी भइरहेको परराष्ट मन्त्रालयले जनाएको छ। भारतले दशगजा क्षेत्रमा ल्याएर नेपालीलाई छोड्न नमिल्ने बताउँदै भारतलाई परराष्टले पत्राचार गरेको छ।

सुरुमा सूचना नपाएर अलपत्र परेका नेपालीलाई भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा ल्याएर छाडे पनि यो क्रम नरोकिएपछि नेपालले असन्तुष्टि ब्यक्त गरेको हो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि जो जहाँ रहेपनि त्यही सुरक्षित बस्न आग्रह गर्दै आएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x