मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
अहिले बाताबरण निकै मनमोहक छ । रुखले पालुवा लगाएका छन् । चराहरुको चिरबिरले बसन्त ऋतुलाई रंजन गर्दैछन । स्वच्छ हावा बहिरहेको छ । क्षितिजमा हिमाल मुस्कुराएका छन् । डांडाकाँडाले हरियो पछ्यौरा ओढेका छन् । आकासमा जुनतारा चम्किएका छन् । कतै पनि धुलो, धुँवा तथा कोलाहल छैन । पशुपंक्षी तथा बनस्पतिले आफुलाई सुरक्षित ठानेका छन् ।
घरको खाना, आराम तथा धपेडीविहिन जीवनशैलीको कारण मान्छेहरु स्वस्थ छन् । ब्यस्त मान्छेहरु पनि परिवारसंग मिठा पल व्यतित गरिरहेका छन् । अस्पताल, क्लिनिक तथा स्वास्थ्य केन्द्रहरु रित्ता छन् । प्रदुषणको कारण हाम्रा आँखा, छाला तथा श्वासमार्गमा एलर्जी भएको छैन । रुघाखोकी लागेको छैन । सास फेर्न गाह्रो भएको छैन । फोक्सोमा प्रचुर अक्सिजन भरिएको छ । जंक फुड, रेस्टुरेन्ट तथा होटलका कृत्रिम खानाले कसैको पनि पेट बिगारेको छैन । पाचन प्रणाली आफ्नो लयमा फर्किएको छ । कामको तनाब, दिनचर्याको तनाब तथा ट्राफिक जामको तनाब शून्यप्राय छ ।
लाग्छ, सधै जीवन यस्तै थियो । धुलो, धुँवा, हिलो, चर्को आवाज, कोलाहल कहिल्यै थिएन र अब हुने छैन । सहर पहिलोपटक गाउँ भएको छ । हामीसंग भएका सामग्री आफैलाई बढी भएको छ । कुनै कपडा किन्ने रहर छैन । बाहिर खाने इच्छा छैन । कसैलाई भेट्ने चाह छैन ।
मनमा एक तमासको डर छ । आँखाले नदेखिने कोरोना भाइरसले पृथ्वी ठप्प पारेको छ । आफ्ना हातसंग शंका छ । आफ्ना घरका सामानसंग शंका छ । आफन्तसंग शंका छ । मान्छेसंग भेट्नु नपरे हुन्थ्यो जस्तो लागिरहेको छ ।
अत्यास छ, यो भाइरसको तानाशाही सत्ता कति लम्बिने हो ? भान्सा रित्तिएपछि के खाने हो ? औषधि पाइने हो कि हैन ? पानी पिउन कहिलेसम्म पाइने हो ? कथंकदाचित बिरामी भए के गर्ने हो ? बिभिन्न किसिमका भाडा कसरी तिर्ने हो ? कहाँबाट पैसा ल्याएर किस्ता तिर्ने हो ? यो कोरोना शाशन ढल्ने बेलासम्म आफ्नो जागिर रहने हो कि गइसक्ने हो ? एउटा सिटामोल किन्न जाँदा प्रहरीको लाठी खान पर्ने कहिलेसम्म हो ? हिड्दाहिंड्दै बीच बाटोमा रोकिएका पाइला कहिलेदेखि अगाडि बढाउने हो ?
धैर्यताको बिकल्प छैन । नयाँ दिन आउन यो रात ढल्नुको बिकल्प छैन । कति लामो रात हो यो ?
चिन्ताको कुनै अर्थ छैन । जीवनमा जे जे आए, ती स्वीकार्य भए । तीता पल, मिठा पल, सुन्दर पल, कुरूप पल । अब आउने पल पनि स्विकार्नु पर्छ, चुपचाप । सहनु पर्छ, चुपचाप । प्रकृति बदलियो अब स्वीकृति बदलिनु जरुरी छ । शक्ति, बैभव र प्रगतिको परिभाषा बदलियो अब हामीलाई त्यसलाई हृदयंगम गर्नु जरुरी छ । सुरक्षाको परिभाषा बदलियो, सत्रुको परिभाषा बदलियो, मित्रको परिभाषा बदलियो, छनोटको परिभाषा बदलियो ...अब हामीले आफूलाई पढ्नु जरुरी छ, को हुँ भनेर चिन्नु जरुरी छ ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...