कोरोनाका कारण अलपत्र परेका कामदार घर फिर्ता

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र आसपास रहेर काम गर्ने करीब सय मजदूरलाई  घर पठाइएको छ ।

 कोभिड १९ का कारण काम रोकिएर अलपत्र  कामदारलाई पासको व्यवस्था गरी मङ्गलबार घर पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । 


Advertisement

मेलम्ची भोताङ, मेलम्ची धाप सडक खण्ड र  याङ्ग्री –लार्के सडकखण्ड निर्माणको काम गर्ने  ९८ कामदारलाई  घर पठाइएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक चौताराबाट पासको व्यवस्था मिलाई  गाडी भाडामा खाृजेर आआफ्नो घर पठाइएको तामाङले जानकारी दिए ।
 


Advertisement

कमेन्ट गर्नुहोस्