मंसिर १६, २०८०
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
उत्तर इटलीमा नितान्त भिन्न उमेर समूहका दुई व्यक्तिले कोरोनाविरुद्ध लडाइँ जितेर आशाको सञ्चार गराएका छन् ।
६ महिने शिशु लियोनार्दो र १०२ वर्षीया इटालिका ग्रोन्दोना दुवै अस्पतालमा लामो समयसम्म उपचार गराएर कोरोनाबाट निको भएका हुन् ।
लियोनार्दो लोम्बार्डी क्षेत्रको कोर्बेत्ता शहरमा रहेको घर फर्किसकेका छन् । उनले कोभिड–१९ विरुद्ध ५० दिनसम्म संघर्ष गरको थिए ।
स्थानीय मेयर मार्को बालारिनीले शिशु लियोनार्दो आशाको अनुहार भएको बताउँदै यस क्षेत्रको आत्मविश्वास बढाएकोमा धन्यवाद दिए ।
शिशुकी आमाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्, ‘म एकदमै चिन्तित थिएँ, विशेषगरी राति । कुनै पनि आमाले यस्तो स्थिति भोग्नु नपरोस् ।’
शिशुलाई ज्वरो आएपछि अनि उसको मुटुको चाल बढेपछि कोरोनाको आशंका गरेको आमाले बताइन् । अनि पतिका सहकर्मीलाई भाइरस लागेको पनि उनले जानकारी दिइन् ।
लियोनार्दोलाई स्वास्थ्यकर्मीहरूले राम्रो उपचार दिएको आमाको भनाइ छ ।
उता जेनोआमा १०२ वर्षीया इटालिया ग्रोन्दोना २० दिन अस्पताल बसेपछि कोरोनाबाट निको भएर घर फर्किन् ।
मार्च महिनाको आरम्भमा उनलाई कोरोनाको लक्षण देखिएको थियो र मुटुमा हल्का समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले उनलाई अस्पतालबाट छुट्टी दिइएको छ र भाइरसले उनीसामु आत्मसमर्पण गरेको चिकित्सकहरूले बताएका छन् ।
‘हामीले उनलाई ‘अमर’ नाम दियौं,’ डा भेरा सिकबाल्डीले बताइन् । महाव्याधिको सामना गरिरहेका वृद्धहरूका लागि ग्रोन्दोना आशाको किरण भएको डा सिकबाल्डीको भनाइ छ ।
इटलीको नेसनल हेल्थ इन्स्टिच्युटले कोरोनाभाइरस लागेर मर्ने मानिसको औसत आयु ७८ रहेको देखाउँछ । यस्तोमा ग्रोन्दोना निको हुनु असाधारण घटना हो ।
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...